शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाँउपालिकाले शुरु गरयो बिद्यालयमा ई हाजिर

जगन्नाथ गाँउपालिकाले शुरु गरयो बिद्यालयमा ई हाजिर

  • बिहिबार, फाल्गुन १, २०७६
जगन्नाथ गाँउपालिकाले शुरु गरयो बिद्यालयमा ई हाजिर

जगन्नाथ गाँउपालिकाले बिद्यालयमा ई हाजिर शुरु गरेको छ । बिद्यालयमा शिक्षक अनियमित हुने समयमै उपस्थित नहुने जस्ता समस्या रोक्नका लागि ई हाजिर शुरु गरेको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाले पहिलो पटक माध्यामिक बिद्यालयमा ई हाजिर सञ्चालनमा ल्याएको छ । देवलकोट माबि, कैलाश माबि र सरस्वती माबिमा ई हाजिर सञ्चालनमा ल्याएको गाँउपालिकाकी सुचना प्राबिधिक सिर्जना शाहिले वताएकि छन् । बिद्यालय बिजुली, कम्पुटर र अन्य आबश्यक साम्रागि ब्यबस्थापन गरेर बिद्यालयमा सञ्चालनमा आएको शाहिले वताएकि छन् । ई हाजिर बिहान १० बजे र ४ बजे बिदाको समय दुई पटक लगाउनु पर्ने ब्यबस्था मिलाएको छ । यी बिद्यालय बाजुराको दुर्गम ठाँउमा रहेका बिद्यालय हुन् ।
बिद्यालयमा ई हाजिर शुरु भएपछि बिद्यालयको ब्यबस्थापनमा सजिलो भएको देवलकोट माबिका बिब्यस अध्यक्ष कृष्ण बहादुर बमले वताएका छन् । शिक्षकको अनियमित धेरै हुने गरेको थियो ई हाजिर सञ्चालन भएपछि कम हुने वताएका छन् । शिक्षालाई गुणस्तर र प्रभाबकारी बनाउनका लागि गाँउपालिका भरिनै ई हाजीर सञ्चालनमा ल्याउने तयारी रहेको गाँउपालिकाका प्रशासकिय अधिकृत बिनोद गैरेले वताए । नियमित अनुगमन गर्न पनि समस्या हुने गरेको थियो, यसले बिद्यालयमा शिक्षकको उपस्थित दर बारे जानकारी हुने वताए ।
जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि बाजुरामा नै नयाँ नयाँ अभ्यासको थालनी गरिरहेको छ । ई हाजिर सँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिका स्तर बाटै छड्के अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको शुरुवात गरेको छ । शिक्षण सीप, शिक्षण कला र विद्यार्थीको लगानशीलता अनि अभिभावकको निगरानी पहिलो विषय हो, यी कुरा सुधार्नका लागि नीतिगतरूपमा गाउँपालिकाले हाजिरीकार्ड र कक्षाकोठामै गएर प्रत्यक्ष अनुगमन गर्न शुरु गरिएको गाँउपालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताए । भौतिक संरचनाको अवस्था, शिक्षक, विद्यार्थी बीचको सहकार्य, अभिभावकको जिम्मेवारी सबैको जाँच अनुगमनका क्रममा गरिने र त्यसैका आधारमा विद्यालयलाई सहयोग गर्ने गाउँपालिकाले बताएको छ ।
पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जन गुनासो बढेपछि गाउँपालिका बाटै अनुगमन र अध्ययन टोली खटाउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताए । विद्यालय व्यवस्थापन समितिकै भरमा मात्र पर्दा गुणात्मक सुधारको सङ्केत देखिएन, गाउँपालिकाबाटै त्यसको निगरानी र सरोकार राख्न थालिएको उनले वताए ।
कुनै पनि बालबालिका विद्यालयबाट बाहिर नहुन् र गाउँपालिकास्तरको लगानी नभएर शैक्षिक गुणस्तर खस्कियो भन्ने गुनासो नसुन्ने गरी लागिपरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । विद्यालयमा हाजिरी कार्ड सहित राख्ने व्यवस्था गरिएको छ । विद्यालयले बिहान नियमित कार्ड बोकेर आउने र बेलुका विद्यालय बिदापछि कार्ड आफँैले लिएर आउने गरिएको छ । बीचमा भाग्नेलाई र नियमित नआउने विद्यार्थीलाई रातोको सङ्केतबाट आवश्यक कारवाही गर्ने गरिएको सरस्वती माविका प्रअ पवनकुमार रोकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार