शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • टिका र लेखराजले ल्याए ‘नसकिने भो’

टिका र लेखराजले ल्याए ‘नसकिने भो’

  • बुधबार, माघ २९, २०७६
टिका र लेखराजले ल्याए ‘नसकिने भो’

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका टिका प्रसाईले ‘नसकिने भो’ बोलको नयाँ गीत ल्याएकी छन् । गीतमा प्रसाइलाई गायक लेखराज गुरुङले साथ दिएका छन् । गीतको शब्द पनि टिका आफैले लेखेकी हुन् ।

गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा सरोज अधिकारी र आस्मा विश्वकर्माको अभिनय छ । बालकलाकार आर्शिना भट्टराई र संस्कार गुरुङ समेत गीतमा देखिएका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन, गम्भिर विष्टको निर्देशन र कोरियोग्राफी रहेको गीतमा उदय राज पौडेलको म्युजिक एरेन्ज रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार