शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बाजुराको भाइरल नियन्त्रणमा डाक्टरको टोली फर्कियाे

बाजुराको भाइरल नियन्त्रणमा डाक्टरको टोली फर्कियाे

  • मङ्लबार, माघ २८, २०७६
बाजुराको भाइरल नियन्त्रणमा डाक्टरको टोली फर्कियाे

बाजुरा २८ माघ– बाजुरा जिल्लाको पुर्बीउत्तर क्षेत्रका २ ओटा स्थानीय तहमा देखीएको भाइरल रोग नियन्त्रणमा आएको छ । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकमा देखीएको भाइरल एक हप्तापछि नियन्त्रणमा आएको हो । बाजुरा जिल्लाको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा फैलिएको भाइरल रोगका १ हजार १ सय ७० जना बिरामीको उपचार भएको जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ ।


भाइरल रोगका कारण स्वामीकार्तिक खापर गाउँपालिकामा २ जनाको मृत्यु भएको थियो ।भाइरल ज्वरोले मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–१साप्पाटाको जोरुमा ५५ वर्षीया मिमा कडारा र सोही टोलका ७० वर्षीय दलबहादुर रावलको मृत्यु भएको भएको थियो ।
भाइरल गाउभरी गइसकेपछी एक हप्ता लामो समय डाक्टरको टोली घर घरमा गएर उपचार पश्चात भाइरल नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले बताए ।
जिल्ला प्रशासन कार्यालय बाजुराले दिएको जानकारी अनुसार स्थानीय तहमा भएका र जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार गरि सदरमुकाम फर्किसकेको जनाएको छ । हिमाली गाउँपालिकामा रहेका बिरामीहरु मध्य दुई जनाको नमुना संकलन गरिसकेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार