• होमपेज
  • समाज
  • लगातारको हिमपातले संरक्षित बन्यजन्तु संकटमा

लगातारको हिमपातले संरक्षित बन्यजन्तु संकटमा

  • शनिबार, माघ २५, २०७६
लगातारको हिमपातले संरक्षित बन्यजन्तु संकटमा

लगातार भैरहेको हिमपातका कारण खप्तड राष्ट्रिय निकुञ्जमा बाक्लो हिउं जमेको छ । हिमपातसंगै अत्याधिक चिसो बढेपछि बन्यजन्तु माथी जोखिम बढेको छ । खप्तड राष्ट्रिय निकुञ्जमा ५ फिट भन्दा बढी हिउ“ जमिसकेको छ । यो बर्ष मंसिरको अन्तिम साता देखी लगातार हिमपात भैरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
संरक्षित बन्यजन्तुको रेखदेखका लागि बनाईएका सम्पूर्ण मार्गहरु अबरुद्ध भएका छन् । अवरुद्ध मार्गहरु खोल्नका लागी खप्तड स्थित नेपाली सेनाको टोली सक्रिय रहेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयका रेञ्जर सुनिल बोहराले बताए । ‘धेरै बाक्लो हिउं परेको र चिसो बढेकाले बाटो खोल्न कठिनाई भैरहेको छ,’ उनले भने ‘सेनाले बाटो खोल्न प्रयास गरिरहेको छ ।’
खप्तडमा अहिले दिउंसोको तापक्रम २÷३ डिगी्र सेल्सीयस सम्म हुने राती तापक्रम घटेर माईनस १५ डिग्री सेल्सियस सम्म पुग्न थालेको छ । बाक्लो हिमपात र निरन्तर घटिरहेको तापक्रमका कारण वन्यजन्तुहरु बेसी तिरका घमाइलो ठांउ तिर जाने र मानव वस्ती नजीक पुग्दा उनिहरुमा माथि खतरा हुने संरक्षणकर्मीहरुको भनाई छ । ‘हिउ“पग्ले पछि कतिपय जनावरहरु निकुञ्ज भित्रै मरेको अवस्थामा पनि भेटिने गरेका छन’ डोटीका दिपकबहादुर खड्काले भने ‘गाउ“ नजिक आएका बन्यजन्तुको चोरी सिकार हुने भएकोले जोखिम निकै बढेको छ’
मानिस र बन्यजन्तु नजिक हुदा एकातिर हिंस्रक जनावरका कारण मानिस र घरपालुवा जनावरलाई जोखिम हुने र अर्काेतिर चोरी सिकारका कारण बन्यजन्तुलाई खतरा हुने गरेको खप्तड राष्ट्रिय निकुञ्ज मध्यबर्ती ब्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय बताउछन् । उनी भन्छन ‘पाटन तिर बाक्लो हिउ“ जमेपछि बन्यजन्तुहरु हिउ“ नभएको ठाउ“ (बस्ती नजिक) तिर झर्छन । चोरीसिकार गर्नेहरुका लागि पनि यो समय सबैभन्दा उत्तम समय हो ।’
खप्तड राष्ट्रिय निकुञ्ज स“ग जोडिएका बझाङ, बाजुरा, डोटी, र अछाम जिल्लाका अधिकांस गाउ“हरुमा ऐह्रा (हिउ“परेको बेला गाउ“लेहरु मिलेर सामुहिक शिकार खेल्ने प्रचलन) खेल्ने चलन अहिले पनि कायमै रहेका कारण बन्यजन्तुका लागि हिमपातको समय जोखिमपुर्ण हुने गरेको हो ।
बन्यजन्तु संरक्षणको लागि खप्तड स्थित नेपाली सेना र निकुञ्ज कार्यालयले काम गरिरहेको भए पनि संरक्षणमा मध्यबर्ती क्षेत्रका जनता पनि जिम्मेबार भएर लाग्नु पर्ने खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रबहादुर चन्द बताए । ‘निकुञ्जले चाहेर मात्र संरक्षण सम्भव हुदैन्’ चन्दले भने ‘यसका लागी मध्यबर्ती क्षेत्रका बासिन्दा पनि सचेत हुनुपर्छ ।’ बन्यजन्तुबाट असर परेका समुदायलाई क्षतीपूर्तीको ब्यबस्था समेत रहेकोले देख्दा साथ मार्नु पर्छ भन्ने मान्यता हटाउन जरुरी रहेको उनले बताए ।
डोटी, अछाम,बझाङ र बाजुरा गरी चार जिल्लामा फैलिएको निकुञ्जको मध्यबर्ती क्षेत्रमा १४ वटा मध्यबर्ती क्षेत्र समिति गठन गरिएको र सबैले सक्रिय रुपमा बन्यजन्तु संरक्षणको पहल गर्न सके चोरीसिकार रोक्न सकिने उनको धारणा छ ।
मध्यपहाडी क्षेत्रमा अबस्थित खप्तड राष्ट्रिय निकुञ्ज जैविक तथा पर्याबरणीय बिबिधताका दृष्टिकोणले नेपालकै नमूना क्षेत्रमा पर्दछ । प्रदेश नं ३ मा रहेको शिबपुरी नार्गाजुन र सुदुरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज मात्रै नेपालको मध्यपहाडी क्षेत्रका संरक्षित क्षेत्र हुन् । खप्तडमा नेपालको संरक्षित सूचीमा रहेका राष्ट्रिय चरा डांफे र मूनालको बासस्थान छ । यसबाहेक ३ सय भन्दा बढी प्रजातीका चरा खप्तडमा पाईन्छन् । यस्तैे स्तनधारी जनावरमा नेपालको संरक्षित सूचीमा रहेका कस्तुरी, मृग, ध्वांसे चितुवा र ब्वांसो पनि यह“ा पाईन्छन् ।
हिमाली कालो भालु, चितुवा, बदेल, मृग, हरिण सहित ३० प्रजातीका अन्य स्तनधारी पनि पाईने खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ । केही अध्ययनहरुले रातो पाण्डा पनि खप्तडमा पाईने गरेको उल्लेख गरेका छनm । यस्तै ‘बझाङ्गी पा’ नामक दुर्लभ छेपारो र ‘खस्रे भ्यागुता’को खप्तड क्षेत्रमा मात्रै बसोबास रहेको संरक्षणकर्मीले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार