शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा सवारी ज्यान र बहुबिवाह मुद्धामा फरार २ जना पक्राउ

बाजुरामा सवारी ज्यान र बहुबिवाह मुद्धामा फरार २ जना पक्राउ

  • बुधबार, पुस १७, २०८१
सेयर गर्नुहोस् :
बाजुरामा सवारी ज्यान र बहुबिवाह मुद्धामा फरार २ जना पक्राउ

बाजुरा—बाजुरा जिल्लामा सवारी ज्यान र बुहबिवाह मुद्धामा फरार रहेका २ जना पक्राउ परेका छन् । अदालतको अन्तिम फैसला बमोजिम कैद र जरिवाना असुल उपर गर्नुुपर्ने फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा बुधवार २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ७ का अन्दाजी २६ बर्षका शेर बहादुर खड्का र खप्तड छेडेदह गाउँपालिका ३ कि अन्दाजी ३० बर्षीय लक्ष्मी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार खड्का सवारी ज्यान मुद्धामा २ बर्ष ११ महिना ५ दिन कैद र ३२ हजार जरिवाना तोकिएपछि फरार थिए । त्यस्तै अदालतले बहुबिवाह मुद्धामा ११ महिना १० दिन कैद र १० हजार जरिवाना तोकेपछि बोगटी पनि फरार अवस्थामा रहेकी थिइन् ।

दुवै जनालाई प्रहरीको टोलिले उनीहरुकै ठाउँबाट पक्राउ गरेर कैद तथा जरिवाना भुक्तानका लागि बाजुरा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार