• होमपेज
  • देश/प्रदेश
  • अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • बुधबार, पुस १७, २०८१
सेयर गर्नुहोस् :
अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार  मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको उजुरीमा अनुसन्धान पछि अख्तियारले भ्रष्टाचारको भएको पाइएको भन्दै मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७५र०७६ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन योजनाको २७ लाख ५० हजार ११ रुपैयाँ बराबरको र आ.व. २०७६र०७७ मा आठ लाख ३५ हजार तीन सय २० रुपैयाँ बराबरको गुणस्तरहीन काम गरेको देखिन आएको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले मंगलबार विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन अनुसार बिगो, जरिवाना र कैदको सजाय माग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार