बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • ओलीले प्रश्नको जवाफ नदिए मिसन ०८४ पतन हुने छ : भीम रावल

ओलीले प्रश्नको जवाफ नदिए मिसन ०८४ पतन हुने छ : भीम रावल

  • बुधबार, पुस १७, २०८१
सेयर गर्नुहोस् :
ओलीले प्रश्नको जवाफ नदिए मिसन ०८४ पतन हुने छ : भीम रावल

काठमाडौं– नेकपा एमालेको संगठित सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रश्नको जवाफ नदिए मिसन ०८४ पतन हुने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा जारी पत्रकार सम्मेलनमा उनले आफूले सोधेका प्रश्नको जवाफ नदिए एमालेको मिसन ०८४ पतन हुने दाबी गरेका हुन् ।

उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् ।

‘पार्टीलाई किन विकृतिमा धकेल्नुभयो । पार्टीपंक्ति कुबाटो र दुषित ठाउँमा धकेल्नुभयो,’ एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै रावलले भने, ‘आफूले सोधेको स्पष्टीकरणको जवाफ नदिए मिसन ०८४ पतन हुने छ ।’

रावलले अध्यक्ष ओलीलाई गुठी विधेयकमा प्रश्न उठेपछि पछाडि फर्किएको तत्कालीन अवस्थाको पनि स्मरण गराए ।

‘गुठी विधेयक ल्याएर प्रश्न उठेपछि पछि हटेको होइन ?,’ उनले प्रश्न गर्दै भने, ‘होलीवाइन पिएर के के गर्नुभएछ सम्झिनुहोस् । कथित संसद् अवरोध गरेको कुरा सम्झिनुहोस् ।’

चर्चामा

सम्बन्धित समाचार