शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गौमुल
  • काधुरी नामक गैरसरकारी संस्थाले गौमुलमा काम गर्ने

काधुरी नामक गैरसरकारी संस्थाले गौमुलमा काम गर्ने

  • बिहिबार, माघ २३, २०७६
काधुरी नामक गैरसरकारी संस्थाले गौमुलमा काम गर्ने

काधुरी एग्रिकल्चर बिट्रिस गोरखा नेपालले बाजुराको गौमुल गाँउपालिकामा काम गर्ने भएको छ । पोखरा कार्यलय भएको उक्क्त संस्थाले गौमुल गाँउपालिका काम शुरु गर्ने भएको गाँउपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले वताएको छन् । संस्था र गाँउपालिका बिच सहमति भएर काम अगाडि बढि सकेको उनले वताएका छन् ।
काधुरी एग्रिकल्चर बिट्रिस गोरखा नेपालले गाँउपालिकामा पहिलो चरमा एउटा बिधुत परियोजना निर्माण गर्ने भएको छ भने त्यो सँगै चार वटा झोलङ्गे पुल निर्माण गर्ने भएको छ । पहिलो पटक यहाँ काम गर्ने छौ, समुदाय र स्थानिय सरकारको सहयोग भएमा हामी अन्य आयोजनाहरु खानेपानि लगायत अन्य विकास निर्माणमा सहयोग गर्ने संस्थाले जनाएको छ । बिजुली गौमुल गाँउपालिका १ अन्राडिमा उत्पादन हुने भएको छ, २ सय भन्दा बढि परिवार लाभाबान्ति हुने गाँउपालिकाले जनाएको छ ।
पहिलो चरणमा सम्भाबब्यता अध्यनन गरेर आएका छौ, अब काम शुरु गर्ने काधुरी एग्रिकल्चर बिट्रिस गोरखा नेपालले टेक्नीकल निर्देशक नारायन गुरुङ्गले वताएका छन् । विकास निर्माणका काम सँगै स्वास्थ्य शिबिरमा समेत सञ्चालन गर्ने उनले वताए । काधुरी एग्रिकल्चर बिट्रिस गोरखा नेपालले हिमाली गाँउपालिकामा यो भन्दा पहिला बाट काम गरिरहेको छ । हिमाली साप्ताहिकमा बिच्छँयाका बारेमा आइसकेपछि उक्क्त संस्थाले गाँउपालिकामा काम शुरु गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार