शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गौमुल गाउँपालिकामा आयुबेर्द आयुर्वेदिक क्लिनिक

गौमुल गाउँपालिकामा आयुबेर्द आयुर्वेदिक क्लिनिक

  • बुधबार, माघ २२, २०७६
गौमुल गाउँपालिकामा आयुबेर्द आयुर्वेदिक क्लिनिक

बाजुरा २२ माघ — बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा आयुबेर्द स्वास्थ्य शिबिर संचालन हुने भएको छ । माघ २५ गते सो क्लिनिक संचालन हुने भएको हो । प्रत्यक महिनाकाे पहिलाे र दाेस्राे सातामा साे क्लिनिक  संचालन हुने भएकाे हाे ।  आयुर्वे्दिक औषधालय र केन्द्र नभएको ठाउँमा आयुबेर्द उपचारको पहुँच पुर्याउन सो क्लिनिककाेआयोजना गरिने भएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुराका निमित्त कार्यालय बाजुरा प्रमुख दिक्षा भण्डारीले बताएकी छन् ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजना र गौमुल गाउँपालिकाको समन्वयमा माघ २५ गते गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरा प्रमुख भण्डारीले बताइन । भण्डारीका अनुसार हरेक महिनाकाे पहिलाे शनीबार र अन्तीम शनीबार साे कार्यक्रमकाे अायाेजना गरिने भएकाे छ ।


गौमुल गाउँपालिकाका केन्द्र घट्मुनामा गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन सम्बन्धि क्लिनिक सञ्चालन गरिने भण्डारीले बताएकी छन् ।  क्लिनिकमा उच्च रक्त चाप,मधुमेह,श्वास विकार, मेदोगत रोग, वातब्याधि रोगहरुको बिशेष उपचार हुने भएको कार्यालय प्रमुख भण्डारीको भनाई रहेको छ । क्लिनिकमा आउने बिरामीलाई निःशुल्क स्वास्थ्य परिक्षण र औषधिको व्यवस्था गरिने र भएकाे भण्डारीले बताएकी छन्  ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना र गौमुल गाउँपालिका संगको समन्वयमा क्लिनिक आयोजना गरिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । गाउँपालिका भरिका जनताहरुको स्वास्थ्यलाई ख्याल गदैं क्लिनिकको आयोजना गरिने भएको अध्यक्ष रोकायाले बताए । क्लिनिकमा सहभागी भई गाउँपालिका भरिका सम्पूर्ण जनताहरुले स्वास्थ्य चेकजाँच तथा उपचार सेवा लिन उनले आग्रह समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार