शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुर्खेतमा आज ६ बजेदेखी कफ्र्यु आदेश जारी (सुचना सहित )

सुर्खेतमा आज ६ बजेदेखी कफ्र्यु आदेश जारी (सुचना सहित )

  • मङ्लबार, माघ १४, २०७६
सुर्खेतमा आज ६ बजेदेखी कफ्र्यु आदेश जारी (सुचना सहित )

जिल्ला प्रशासन कार्यलय सुर्खेतमा कफ्र्यु जारी गरेको छ । टिप्परको ठक्करबाट मान्छेको मारेको आरोपमा आन्दोलनकारीले उग्ररुप लिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कफ्र्यु जारी गरेको हो । पुर्ब इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक सम्म र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर दक्षिण सम्मको क्षेत्रमा कफ्र्यु लागु हुने सहयक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काको हस्ताक्षरीत सुचनामा उल्लेख गरिएको छ ।
१४ साझ ६ बजेदखी १५ गते बिहान ६ बजे सम्म माथी उल्लेखीत स्थानहरुमा जम्मा हुन भेला हुन नपाइने गरि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले बताएको छ । कफ्र्यु तोडने जो सुकै ब्यक्तीलाई सुरक्षाकर्मीले सोझै गोली हान्ने आदेश समेत जारी गरेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार