बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बाजुराको फालाशैनमा महोत्सव हुदै

बाजुराको फालाशैनमा महोत्सव हुदै

  • शनिबार, माघ ११, २०७६
बाजुराको फालाशैनमा महोत्सव हुदै

बाजुरा ११ माघ–  बाजुरा जिल्लाको बु्ढिगंगा नगरपालिकाको फालाशैन बजारमा महत्सवका आयोजना गरिने भएको छ । शिक्षा बिकाशको अभियान, कृषि ब्यापार संस्कति र पर्यटन हाम्रो पहीचान भन्ने मुल नाराका साथ मौरेमा महत्सको आयोजना हुन लागेको हो । नेपाल भम्रण बर्षलाई लक्षित गर्दै माघ २० गते देखी फागुन १ गते सम्म सो महोत्सको आयोजना गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा हुन लागेको महत्सवको तयारी भइरहेको पत्रकार सम्मेलन मार्फत सस्ंथाले जानकारी गराएको छ ।
समृद्ध मौरे बाम्का संस्थाले आयोजना गर्न लागेको प्रथम पर्यटन महोत्सबको तयारी का बिषयमा सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । शिक्षा बिकाशको अभियान, कृषि ब्यापार संस्कति र पर्यटन हाम्रो पहीचान भन्ने मुल उद्देश्यका साथ माघ २० देखि फागुन १ गतेसम्म जिल्ला त्रिबेणी नगरपालिकाको मौरेमा संचालन हुन लागेको आयोजकले जनाएको छ । समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा प्रथम पटक संचालन गर्न लागेको महोत्सवलाई सभ्य र भव्य बनाउन बाजुरा जिल्लाका ९ वटै स्थानीय सहयोग पनी रहने भएको आयोजकले जनाएको छ । पर्यटन र व्यापारले बाजुराको विकास र समृद्धि गर्न टेवा पुग्ने आशा राखिएको आयोजकले बताएको छ । महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रस्तुत गरिने छन् । १० दिनसम्म संचालन हुने महोत्सबमा बाजुराबासीलाई भरपुर मनोरन्ज दिन स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको समेत प्रस्तुति रहने छ आयोजक बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार