शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • नागरिक समाज बाजुराले बुझायो प्रशासनमा ८ बुदे ज्ञापन पत्र

नागरिक समाज बाजुराले बुझायो प्रशासनमा ८ बुदे ज्ञापन पत्र

  • बिहिबार, माघ ९, २०७६
नागरिक समाज बाजुराले बुझायो प्रशासनमा ८ बुदे ज्ञापन पत्र

बाजुरा ९ माघ — नागरिक समाज बाजुराले ८ बुदे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमार्फत बिभिन्न मन्त्रालयहरुमा पठाएको छ । जिल्लाका बिभिन्न सवालहरुका बिषयमा जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत ज्ञापन पत्र बुझाएको हो । जिल्ला सदरमुकाम मार्तडीमा रहेका अनियमित बिद्युत खानेपानी त्यसै गरि कोल्टीमा बिजुली र खानेपानी लगायत बिभिन्न ८ बुदामा ज्ञापन पत्र बुझाएको नागरिक समाजका अगुवा तुलाराम जैशीले बताए ।

जिल्लामा एक महिना अगाडी सडक बिभागले साफे मार्तडी सडक खण्डको रुट पर्मिट दिए पनी यातायात ब्यबासायीहरुले भाडादर कार्यान्वयन नगरेको लगायत जिल्लाका बिभिन्न सामाजिक बुदा सहित ज्ञापन बुझाएको जैशीले बताए । ज्ञापन पत्रमा उल्लेख भए जती जिल्लामा गर्न सकिने आफु पहल गर्ने र मन्त्रालय स्थरबाट गर्न सकीने तत्काल सम्बन्धीत मन्त्रालयमा यो ज्ञापन पत्र पठाउने प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।

बाजुरा जिल्ला मानव सूचाकंको हिसावमा पुच्छारमा भएको कुरा घाम जस्तै छर्लङ्ग छ । पुछारमा पर्नुको प्रमुख कारण राज्यले विकासका लागि प्रमुख प्राथमिकता नदिनु र उपलव्ध गराएको सेवा र सुविधाको पनि अधिकतम उपयोग हुनन सक्नु नै देखिन्छ । त्यस ैमाथि नागरीकको सोझोपना र इमान्दारीतालाई गलत बुझाई राखी सेवा प्रदायिक निकाय जिम्मेवार नभएकै कारण उपभोक्ता झनमर्कामा परेको अवस्था छ । उपभोक्ता जे गरेपनि सहन्छन र आफ्नो अधिकारको खोजीगर्ने सार्मथ्य छैन भन्ने कु चेष्टाका कारण बाजुरालीहरु घुन पिसीएझै पिसीएको अवस्था छ । उपभोक्ताको दैनिकी संग जोडिएको प्रमुख सवालबाट पन्छ्याइनु झनै जिम्मेवारपक्षको निन्दनीय विषय नागरिक समाजका अगुवा .अग्नीराज शाहीले बताए ।

विकासको प्रमुख पूर्वाधारको रुपमा रहेको विजुली, खानेपानी, यातायात जस्ता प्रमुख सवालमा समेत नागरिकहरुले विमुख हुनु परेकोले गम्भीर मानव अधिकार उलंङ्घन भएकाले बाजुराका नागरिकहरुका हक अधिकारको विषयमानिरन्तर वकालतगर्ने सम्पूर्ण व्यक्तिको उपस्थितीमा नागरिक समाजको मिति २०७६ पौष २१ गतेकादिन केही समस्याहरुलाई उठान गरी जिल्लाको बिकासका सवालमा बिभिन्न निर्णय गरि सार्बजनिक हितका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत सम्वन्धीत निकायमा ध्यानकर्षण गर्नु परेकोे गैर सरकारी संस्था महासघका केन्द्रीय सदस्य काशी बिकले बताए ।
बाजुराली जनताले पाउने सेवा र सुबिधाका बिषयमा दिन प्रतिदिन थप कष्टकर बन्दै गएकोले राज्यले दिने सेवा र सुबिधालाई थप प्रभावकारी र नियमित गर्नका लागि नागरिकको तर्फबाट सम्बन्धीत निकायमा ध्यानाकर्षण गराउने र समयमै समस्याको समाधान हुन नसके थप दवावका कार्यक्रम सार्बजनिकरण गरी नागरिक समाजले यो कुराको उठान गर्नेे नगारिक अगुवा कृष्ण अधिकारीले बताए ।

के लेखीएकाे छ हेर्नुहाेस ज्ञापन पत्रमा 

बिषय : – ध्यानाकर्षण सम्बन्धमा ।
बाजुरा जिल्ला मानव सूचाकंको हिसावमा पुच्छारमा भएको कुरा घाम जस्तै छर्लङ्ग छ । पुछारमा पर्नुको प्रमुख कारण राज्यले विकासका लागि प्रमुख प्राथमिकता नदिनु र उपलव्ध गराएको सेवा र सुविधाको पनि अधिकतम उपयोग हुनन सक्नु नै देखिन्छ । त्यस ैमाथि नागरीकको सोझोपना र इमान्दारीतालाई गलत बुझाई राखी सेवा प्रदायिक निकाय जिम्मेवार नभएकै कारण उपभोक्ता झनमर्कामा परेको अवस्था छ । उपभोक्ता जे गरेपनि सहन्छन र आफ्नो अधिकारको खोजीगर्ने सार्मथ्य छैन भन्ने कु चेष्टाका कारण बाजुरालीहरु घुन पिसीएझै पिसीएको अवस्था छ । उपभोक्ताको दैनिकी संग जोडिएको प्रमुख सवालबाट पन्छ्याइनु झनै जिम्मेवार पक्षको निन्दनीय विषय देखिन्छ ।
विकासको प्रमुख पूर्वाधारको रुपमा रहेको विजुली, खानेपानी, यातायात जस्ता प्रमुख सवालमा समेत नागरिकहरुले विमुख हुनु परेकोले गम्भीर मानव अधिकार उलंङ्घन भएकाले बाजुराका नागरिकहरुका हक अधिकारको विषयमानिरन्तर वकालतगर्ने सम्पूर्ण व्यक्तिको उपस्थितीमा नागरिक समाजको मिति २०७६ पौष २१ गतेकादिन केही समस्याहरुलाई उठान गरी जिल्लाको बिकासका सवालमा बिभिन्न निर्णय गरि सार्बजनिक हितका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत सम्वन्धीत निकायमा ध्यानकर्षण गर्नु परेकोे छ ।
बाजुरालीजनताले पाउने सेवा र सुबिधकाबिषयमादिनप्रतिदिनथप कष्टकर बन्दै गएकोले निम्नबमोजिमका सेवा र सुबिधालाई थपप्रभावकारी र नियमितगर्नका लागिनागरिकको तर्फबाट सम्बन्धीतनिकायमाध्यानाकर्षण गराउने र समयमै समस्याको समाधानहुननसके थपदवावकाकार्यक्रम सार्बजनिकरण गरी नागरिक समाजले सर्घषकाकार्यक्रमअगाडि बढाइने व्यहोरा अवगत गराउदछौ।
१)बिगतलामो समय देखी बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकामानागरिकले बिधुत सेवाबाट बन्चीतभएको खवरले नागरिक समाजको समेत ध्यानाकर्षण भएको छ । बडिमालिका नगरपालिकामा रहेको त्रिबेणी बचत तथा ऋण सहकारीको मार्फत संचालितबाजुरा सानाजलबिधुतलाई तत्काल राष्ट्रिय प्रशारणको लाइनबिस्तार गरि नागरिकलाई उज्यालो दिनुका साथै कोल्टीमा रहेको बिजुलीकिनलापरबाहीतरिकाले चलेको छ यसको जवाफदेहीको र किनभएको हो?यसको बिषयमातत्काल छानबिन गरि कोल्टीबासीको बिजुलीबाल्ने पाउने अधिकारको सुनिश्चीतताकालागिनागरिक समाजकोध्यानाकर्षण भएकोले सो समस्याको तत्त्काल समाधानगरि आमनागरिकको मौलिकअधिकारको प्रत्याभुती गराउनकालागिध्यानाकर्षण गर्न चाहान्छौ ।
२)बाजुरा जिल्लाकै मुटुको रुपमा रहेको सदरमुकाममा रहेका नागरिकहरुलेखानेपानीपीउननपाउनु जस्तो दुखद घटना के हुन सक्छ ? बृहतमार्तडी खानेपानीको नाम राखीएको सो समितिले खानेपानीनियमितनदिदायहाँकानागरिकले सास्ती खेपेको कुरा सबैलाई अवगत नै छ । बडिमालिका नगरपालिकाजिम्वेबार जनप्रतिनिधी समेतले रहेका व्यक्तिले खानेपानीमुहान बाट आएको पाईपमा डोजर लगाएर काट्नु जस्तो निन्दनियकाम के हुन सक्छ र ? समयमै खानेपानीको समस्यासमाधानकालागिध्यानाकर्षण गराउन चाहान्छौ । त्यसै गरि कोल्टी बजारमा रहेको खानेपानीपनिउही कछुवागतिमा रहेको र सो खानेपानीपनितत्काल समाधानकाउपायहरु खोजीसम्वन्धीत स्थानियतहलेत्यहाँकानागरिकहरुलाई खानेपानीबाटबन्चीतनहुनकालागीयथासिग्र आवश्यकपहलगर्न ध्यानार्कषण गर्न चाहान्छौ ।
३)बाजुरा जिल्लामानवबिकास सुचाकंको ७७औँ स्थानमा रहेको सबैलाई अबगत नै छ । बाजुरा जिल्लाको उत्तरी क्षेत्र खडेरी ग्रस्त क्षेत्र हो र त्यहा हरेक बर्ष भोकमरीको चपेटामा त्यहाकानागरिक पर्दै आएको कुराअवगत नै छ । त्यस क्षेत्रकानागरिकले हरेक बर्ष चामलबोकेर खानुपर्ने बाध्यता रहेको छ । जिल्लाको सदरमुकाममार्तडी बाट कोल्टी जाने सडक अन्तरगतपोरखे लेखमाहिमपातका कारण बन्दभएको सडक नखुल्दाबाजुरा जिल्लाको उत्तरी क्षेत्रका ४ वटा स्थानीयतहका साथै छिमेकीजिल्लाहुम्ला र मुगुमा दैनिकउपभोग्यका सामन ढुवानीमा समस्याभएको हुदा सो बाटो तत्तकालखुलाउनजोडदार मागगर्दछौ ।
४) हरेकब्यक्तिलेबाँच्नकालागिस्वास्थ्य सेवापाउनु नागरिकको हकहो ।जुनअधिकार नेपालको सबिंधानमामौलिकहकका रुपमाउल्लेख गरिएको छ । बाजुरा जिल्लाको कोल्टी स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमालामो समय देखी डाक्टर बिहिन बनेको यहालाई अवगत नै छ । नागरिकको स्वास्थ्यको अधिकारको प्रत्याभुती गराउन सो स्वास्थ्य केन्द्र लगायतजिल्लाअन्य स्थानीयतहमा रिक्त रहेका स्वास्थ्य संस्थामास्वास्थ्यकर्मी वाकर्मचारीब्यबस्थापन गराउनआबस्यकपहलसम्वन्धीतनिकायलाई मागगर्दछौ ।
५)बाजुरा जिल्लाको इकडी गाड देखीहिमालीगाउँपालिको कवाडी सम्मे सडकले छोएको छ । सडक सबैको सार्बजिनकहो । सरकारको मातहतमा रहे पनीत्यसको संरक्षण गर्न सबै नागरिकको उत्तीकै भुमिका रहन्छ । सार्बजिनिकजग्गानिजीब्यक्तीले अतिर्कमणगर्नु, सरकारको आदेश बेगर सार्बजिनक सम्पतीचलाउने कुनै नागरिकलाई अधिकार हुदैन ।साथैैबाजुरा जिल्लाकै एक मात्रखुलामंच एक बर्ष देखी ठेकेदारहरुले आफ्नो निजी सम्पती जस्तै गरि राखेको कुरा यहाँलाइअवगत नै छ । सदरमुकाममाहुने सार्बजिनककार्यक्रमहाल सडकमा गर्नुपर्ने बाध्यता रहेको छ । यो खुलामंचमा ठेकेदारहरुले जम्मा गरेको निर्माण साम्रागीतत्काल हटाउन पहलगरिनुका साथै साफेँ मार्तडी सडक अन्तरगतबिभिन्न ठाउँमा सडकलाई छोपेर राखेका घर टहरा र अन्यनिर्माण साम्रागी हटाई सडकको मुहारमानयाँआयामल्याउने कामगरियोस ।
६)बाजुरा जिल्लाकादुर्गम बस्तीका साथै कोल्टी र मार्तडी जस्ता बजारमा समेतपानीआउने वाबादललाग्ने वित्तिकै टेलीफोन सेवा अवरुद्ध हुने अवस्था छ ।नागरिकहरु संचार सेवा बाट बन्चीतहुनपरेको अबस्थामा यो बिषयलाई तत्काल समाधानगर्न नागरिक समाजजोडदार मागगर्दछ ।
७)बाजुरा जिल्लाकासबै स्थानीयतहरुमा ठेक्काप्रक्रियामाभ्रष्टाचार मौलाउदैगएको छ । जिल्लामानिर्माणाधिन सार्बजिनक संरचनाको निर्माण प्रक्रिया र गुणस्थर मापनकसले गर्ने यस बिषयमानागरिक समाजको ध्यानाकर्षण भएको छ ।
८) सडक बिभागको भखरै सार्बजिनक गरेको मार्तडी साफेँ मार्तडी सडक खण्डको भाडादर घटाएको भएपनीजिल्लाप्रशासनमा बसेको सर्बपक्षिय बैठकले केहीहेरफेर गरेपनि पुरानै भाडा लिइयात्रुलाई सास्ती र सडक विभागको निर्णलाई वेवास्था गरेको अवस्था छ ।यातायातब्यबासयीहरुको दादगिरी रोकीएको छैन । जिल्लाप्रशासनमा बसेको प्रमुखजिल्लाअधिकारकिो अध्यक्षमा बसेको बैठकको पनी अबज्ञा गरी भाडा असूलीभईरहेकोलेनागरिक समाजको ध्यानगएको छ । भाडादर यथासिघ्र्र घटाउनुका साथै जिल्लाको निर्णय भन्दापनीयातायातबिभागको निर्णय बमोजिम भाडादर कायमगर्न जोडदार मागगर्दछौ ।

नागरिक समाज बाजुरा

चर्चामा

सम्बन्धित समाचार