शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पर्यटन
  • पर्यटक पर्खाइमा कालाजग्रा गुफाताल

पर्यटक पर्खाइमा कालाजग्रा गुफाताल

  • बुधबार, माघ ८, २०७६
पर्यटक पर्खाइमा कालाजग्रा गुफाताल

बाजुरा ८ माघ– बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ मा रहेको कालाजग्रामा रहेको चट्टान भित्रको ताल पर्यटकको पर्खाइमा छ । नेपाल सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै गर्दा चट्टान भित्रको अनौठो गुफातालले आन्तरिक तथा बाह्रय पर्यटकलाई कुरिरहेको छ ।
बडिमालिका नगरपालिकाको ढम्कने नजिकै रहेको सो तालकाृ प्रचार प्रसार र उचित संरक्षणको अभावमा सदरमुकामको नजिक भएर पनि धेरैलाई थाहा नभएको जस्तै रहेको छ ।
सदरमुकाम मार्तडीबाट सवारी साधनमा ढम्कने र त्यहाँबाट ५० मिनेटको दुरीमा रहेको गुफा तालमा आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षण गर्न सक्ने प्रचुर सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार