बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमपातका कारण जिल्लाको जनजिवन हेर्नुहाेस (फाेटाे फिचर)

हिमपातका कारण जिल्लाको जनजिवन हेर्नुहाेस (फाेटाे फिचर)

  • बुधबार, माघ ८, २०७६
हिमपातका कारण जिल्लाको जनजिवन  हेर्नुहाेस (फाेटाे फिचर)
हिमपातका कारण जिल्लाको जनजिवन पाेरखे लेकमा समस्या झेल्दै यात्रुहरू । तस्वीर : प्रकाश सिहं

वर्षासँगै भएको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको छ ।हिमपातले यस क्षेत्रको जनजीवन कष्टकर हुनुका साथै विद्युत्, टेलिफोन सेवा तथा यातायात समेत बन्द भएको छ । यो हिमापात २० वर्षपछिकै ठूलो भएको स्थानीयबासीको भनाइ छ ।

यातायातका साधन बन्द हुँदा मार्तडी काेल्टी सडक अन्तरगत पाेरखे लेखमा बाक्लाे हिउ जमेपछी  त्यहाँ जाने अाउने स्थानीयले सास्थी खेप्नु परेकाे छ । मार्तडी काेल्टी सडक अन्तरगत पाेरखे लेख सडकमा ५ फिट हिमपात भएको जनाएको छ । त्यस्तै हिमपातले क्षति गरेका कारण बाजुराकाे उत्तरी क्षेत्रमा  नेपाल टेलिकमको सम्पूर्ण फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ । टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका एक महिनादेखी सञ्चार सम्पर्क विहीन हुन  पुगेका छन् ।

चर्चामा

सम्बन्धित समाचार