शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • डेढ किलाे चरेस सहित २ जना पक्राउ

डेढ किलाे चरेस सहित २ जना पक्राउ

  • सोमवार, माघ ६, २०७६
डेढ किलाे चरेस सहित २ जना पक्राउ

बाजुरा ६ माघ — जिल्ला प्रहरी कार्यालय बाजुराले डेढकिलाे चरेस सहित दुईजनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बडीमालिका नगरपालिका ३ रजालीका श्याम खड्का र गाैमुल गाउँपालिका १ का देवहादुर राेकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उनिहरू दुवै जनालाई अाईतबार सांझ बडीमालिका नगरपालिका ९ गैरीबजारबाट पक्राउ गरिएकाे प्रहरी निरिक्षक दानबहादुर राेकायाले जानकारी बताए । चरेससहित पक्राउ परेका दुवै जनालाई लागू अाैषध नियन्त्रण एेन अन्तरगतकाे सजाएकाे माग दावि सहित बाजुरा जिल्ला अदालत बाजुरामा मुद्दा दायर गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार