मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • छाउपडि गोठ भत्काएपछि ओडार र पालमा अशुरक्षित बस्दै

छाउपडि गोठ भत्काएपछि ओडार र पालमा अशुरक्षित बस्दै

  • सोमवार, माघ ६, २०७६
छाउपडि गोठ भत्काएपछि ओडार र पालमा अशुरक्षित बस्दै

प्रकाश सिंह
बुढिन्नदा नगरपालिका ९ पाण्डुसेनमा २०७५ पौष २४ गते छाउगोठमा अम्मा बोहारा सहित उनका दुई छोराको मृत्यु भयो । ज्यानमारा छाउगोठ भन्दै गोठ भत्काउने अभियान शुरु भयो । स्थानिय तह, प्रहरी, प्रशासन, नागरिक अगुवा समेत छाउगोठ भत्काउन लागे, तर त्यसको परिणाम ठिक उल्टा भएको छ । छाउगोठ भत्काएपछि अहिले छाउपडि ओडार र पालमा अशुरक्षित बस्दै आएका छन् ।
त्यस्तै अछामको साफेबगर नगरपालिका ३ सिद्धेश्वरमा मंसिरमा २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको थियो । उनको मृत्यु पछि अहिले सबै ठाँउमा छाउगोठ भत्काउने अभियान चलेको छ, कतै त घरमा बसेको खबर आइरहेको भएपनि केही ठाँउमा भने पाल र ओडारमा बस्दै आएका छन् ।
हिमाली गाँउपालिका २ बस्ने रामकला बुडथापा छाउपडि गोठ बस्न लागेको १४ बर्ष भयो । महिनावारी भएको समय देखिनै उनि घर अलगै गोठमा बस्दै आएकि थिइन् । तर गाँउका अगुवा महिलाले छाउपडि गोठ भत्काएपछि अहिले महिनावारी भएको बेला उनि अशुरक्षित तरिकाले घर बाहिर बस्दै आएकि छन् ।
गाँउलाई छाउपडि गोठ मुक्त घोषणा गर्नका लागि गाँउका अगुवा महिलाहरुले गोठ भत्काइ दिएपछि आफु गाँउ नजिकै रहेको ओडार, पाल र अशुरक्षित ठाँउमा बस्दै आएको रामकलाले वताईन् । गोठ भत्काउन प्रहरी, संस्थाका प्रतिनिधि र केही महिला नेताहरु आएर भत्काए घरमा बस्न घरकोले मान्दैनन्, अनि गाँउ नजिकै जंगलमा गएको ओडारमा बस्ने गरेको उनले वताईन् ।
उनि जस्तै गाँउका अन्य महिला छाउपडि गोठ भत्काएपछि कोही पलाष्टिको पालमा बस्दै आएका छन्, भने कोही महिला ओडारमा बस्दै आएका छन् । गोठामा बस्दै अलि त्यति ग्राहो हुदैन थियो, पालमा र ओडारमा बस्दा झन समस्या झेल्दै आएको छ अर्कि महिला बेलति बिकले भनिन् । गोठ भत्काएर गोठमुक्त गर्ने काम मात्र भयो । तर हाम्रा समस्या कसैले बुझेनन्, सेवा सुबिधा रोक्ने कार्यवाहि गर्ने भनेपछि गोठ भत्कायौ, तर अहिले झन गाँउ भन्दा टाढा पालमा बस्ने गरेको बेलतीले वताईन् ।
हिरुकला बुढाकाले भनिन्, महिलाहरु छाउँ भएको बेला सुरक्षीत ठाउँमा बस्नु को त कुरै छोडौ छाउँ गोठ, ओडारमा ओड्ने ओछ्याउने कपडा समेत नपाएर चिसोमा कठ्याग्रिए र बस्नु पर्ने बाध्यतामा रहेका छन । गोठ भत्काउने अभियान भएपछि महिलाहरु झन समस्यामा परेको छन्, पहिला गोठमा बस्दा त्यति समस्या हुदैन थियो, अहिले ओडार र पालमा बस्दा झन समस्या भएको पाईएको छ ।
अहिले बाजुरामा छाउगोठ भत्काउनमा प्रहरीको नेतृत्वमा भइरहेको छ । जिल्लामा बिगत देखी छाउपडि गोठ मुक्त अभियानका लागि चेतना फैलाउनका लागि स्थानिय सरकार, साहस, एचआरसि, पिसवीन, युनिसेफ, सेभ द चिल्ड्रेन लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाले काम गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार