बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कर्णाली करीडोरमा मनोमानी यातायात सञ्चालन, प्रशासन बेखबर

कर्णाली करीडोरमा मनोमानी यातायात सञ्चालन, प्रशासन बेखबर

  • सोमवार, माघ ६, २०७६
कर्णाली करीडोरमा मनोमानी यातायात सञ्चालन, प्रशासन बेखबर

कर्णाली करीडोरमा जिवहरुले मनोमानी रुपमा यातायात सञ्चालन गर्दै आएका छन् । क्षमता भन्दा बढि यात्रु बोक्ने, लाईसेन्स बिना गाडि चलाउने गरेका छन् । अर्को भाडा पनि मनोमानी तरिकाले लिने गरेका छन् । एकातिर कच्चि बाटो अर्को तिर क्षमता भन्दा बढि जिबहरुले बोक्ने गरेको स्थानियले वताएका छन् । जिपको भित्र मात्र नभइ छत र ढोकामा समेत झुण्डिएर यात्रा गर्ने भएपछि जोखिमपुर्ण यात्रा गर्नु परेको स्थानिय मनलाल विकले वताएका छन् ।
उक्क्त सडक खण्डमा ट्राफिक प्रहरी पनि छैन्, प्रहरी प्रशासन बाट चेक जाँच कतै बाट पनि नहुने गरेको स्थानिय लक्ष्मण जोशीले वताएका छन् । पौष १७ मा से १ ज १०६४ नम्बरको जिव दुर्घटना भएर कर्णाली नदिमा खसेको थियो । हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट कर्णाली नदिमा जिव खस्दा ४ जनाको मृत्यु भएको छ भने एकजना अहिले सम्म बेपत्ता छन् । यो घटना हुनु पनि प्रहरी प्रशासनको चेकजाँच नहुनु पनि एउटा कारण रहेको खुल्न आएको छ । लाईन्सेन बिना र मदिरा सेवन गरेर गाडि चलाइरहेको दुर्घटना बाट बचेका एक जना घाइतेले वताएका छन् । कोही चेकजाँच गर्दैन कसरी गाडि चलाए के भयो स्थानिय प्रदिप राज जोशीले वताए ।


नेपाली सेनाले निर्माण गरीरहेको बाजुरा खण्डमा स्थानियको सहजताको लागि जिवहरु सञ्चालनमा ल्याईएको थियो । गत चैत ७ गते यातायात सञ्चालन पछि सधै जसो जिवहरुले क्षमता भन्दा बढि यात्रुहरु बोक्ने गरेको छन् । बाजुराको सदरमुकाम मार्तडी बाट अलि टाढा रहेको यो ठाँउमा प्रहरी प्रशासनको ध्यान समेत नजाँदा मनोमानी रुपमा क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको स्थानिय धना रोकायाले वताईन् ।
अर्को भाडामा पनि मनोमानी तरिकाले लिने गरेका छन् । बाजुराको पिलिचौर बाट कालिकोटको जितेगडा सम्म ६० किलोमिटर रहेको छ । तर भाडा भने २५ सय सम्म लिने गरेको पाईएको छ । कर्णाली करिडोरको निर्माण नेपाली सेनाले गरिरहेको छ । उसले राज्यलाइ हस्तान्तरण गरेको छैन् । स्थानिय, जनप्रतिनिधि राजनितिब कर्मिको समन्वयमा मात्र सेनाले उक्क्त सडक खण्डमा जिप चलाउन दिएको हो । सेनाका एक अधिकारीले भने प्रतिकिलोमिटर ११ रुपैया भाडा लिएर सञ्चालन गर्ने सहमति भएको हो । यसो हुँदा ६ सय ५० मात्र हुन आउने गरेको छ । तर जिप सञ्चालकले ८ सय निर्धारण गरेको थियो ।


जिपहरुको सिट पाँस ५ र कसैको ९ जना हुन्छ, तर छत पछाडी र ढोकामा झण्डिएर बोक्ने गरेको पाईएको छ । ५ सिट पाँस भएको जिबले २० जना भन्दा बढि बोक्ने गरेका छन् । जिप चालकले भने यात्रुहरु नमान्ने भएकाले जर्वरजस्त हाल्ने गरेको वताँउछन् । बाजुरा खण्डमा रहेको कर्णाली करीडोर अधिकांश सड्कखण्ड भिर फोरेर निर्माण गरेको छ ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपि टंक प्रसाद भट्टाईले पोरखेमा हिउँ कम भएर यातायात सञ्चालन हुने बितिकै स्थायि ट्राफिक प्रहरीको ब्यबस्थापन गर्ने वताए । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले यातायात मनोमानी सञ्चालन गरेको जन गुनासो आएको चाडै ट्राफिक प्रहरीको ब्यबस्थापन गर्ने गरि प्रहरी सँग समन्वय भएको वताए ।
कर्णाली करीडोर अन्तर्गत बाजुरा खण्ड कालिकोट र बाजुरा सिमाना लैफू देखी बाजुराको लेब्डी सम्म ३१ किलोमिटर सड्क रहेको छ । त्यस्तै बाजुराको कोल्टि बाट लैफु र लेब्डी सम्म जिवहरु सञ्चालन हरु रहेका छन् । कर्णाली करीडोरको तिथि चौर क्याम्पका सह सेनानी शंकर सिलवाले भने स्थानिय तह, स्थानिय र राजनितिक दलको आग्रहपछि यातायात सञ्चालनमा ल्याइएको वताए । गाडि सञ्चालन र ब्यबस्थापन गर्ने जिम्मा प्रशासन प्रहरी रहेको उनले वताए ।
नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो । अहिले सम्म १ सय ७ किलोमिटरमा भइरहेको काम मध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको सह सेनानी शंकर सिलवाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार