शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • विकराल बन्दै आत्महत्या

विकराल बन्दै आत्महत्या

  • शनिबार, माघ ४, २०७६
विकराल बन्दै आत्महत्या

पछिल्लो चार बर्षको तथ्याङक हेर्दा सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा दैनिक एक जनाले भन्दा बढीले आत्महत्या गरेको देखिन्छ।

आर्थिक बर्ष २०७३÷०७४ मा ४ सय ३२ जनाले आत्महत्या गरेकामा २०७४÷०७५ मा ४ सय ९९ र २०७५÷०७६ मा ५ सय ३ र चालु आर्थिक बर्षको ६ महिनामा मात्रै २ सय ८ जनाले आत्महत्या गरेका छन्। सुदूरपश्चिमका ९ जिल्ला मध्ये सबैभन्दा बढि कैलालीमा आत्महत्या गर्नेको सङख्या बढी रहेको छ।

चालु आर्थिक बर्षको ६ महिनामा प्रदेशभरी २ सय ८ जनाले आत्महत्या गरेकोमा सबैभन्दा बढि कैलालीमा ८७ जनाले आत्महत्या गरेका छन्। यस्तै कञ्चनपुरमा ६६, बझाङमा १४, बाजुरा र बैतडीमा ९/९, अछाममा ६, डडेल्धुरामा ५ र डोटी जिल्लामा एक जनाले आत्महत्या गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ।

गरीबले शिक्षा र रोजगारी नपाउने, बिहेबारी र रोगको उपचार गर्न नसक्ने तथा पेटभरि खान र बालबच्चा हुर्काउन नसक्ने भएपछि आत्महत्या बढेको धेरैको तर्क छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले शहरीकरणले पनि आत्महत्याको दर बढाएको बताए।

‘शहरमा जिविका चलाउन सहज नहुने भएकाले सोही कारणले निराशा उत्पन्न हुने र आत्महत्यालाई रोज्ने समस्या बढेको छ,’ उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्चालको गलत प्रयोगले पनि विभिन्न समस्यामा फस्ने र सोही समस्याबाट उम्किन नसक्दा आत्महत्या रोज्ने समस्या समेत बढेको छ।’ युवाहरु भने लागुऔषधमा फसेर विभिन्न तनाव झेल्न नसक्दा आत्महत्या रोजिरहेको उनको भनाई छ।

पहाडी जिल्ला र ग्रामिण क्षेत्रको तुलनामा आत्महत्या बढि सहरमा हुनुको अर्को कारणका रुपमा प्रहरीले अवैध सम्वन्ध पनि रहेको जनाएको छ। शहर बजारमा प्रेममा धोका पाएर पनि धेरै युवायुवतीहरुले आत्महत्याको बाटो रोजेको पाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै शहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्वन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार