शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बसन्ते तथा बर्षे तरकारीको बीउ ५० प्रतिशत अनुदानमा बितरण हुदै

बसन्ते तथा बर्षे तरकारीको बीउ ५० प्रतिशत अनुदानमा बितरण हुदै

  • शुक्रबार, माघ ३, २०७६
बसन्ते तथा बर्षे तरकारीको बीउ ५० प्रतिशत अनुदानमा बितरण हुदै

बाजुरा ३ माघ — कृषि ज्ञान केन्द्र बाजुरावाट बसन्ते तथा बर्षे तरकारीको बीउ बितरण गरिरहेको छ । जिल्लामा रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा तरकारी बिउ बितरण गर्न थालीएको हो ।
कृषि ज्ञान केन्द्र बाजुरावाट बसन्ते तथा बर्षे तरकारीको बीउ ५० प्रतिशत अनुदानमा धमाधम बितरण भईरहेकोले आवश्यक हुने कृषकहरूले छिटो सम्पर्क गर्न हुन जानकारी गराईन्छ सामाजीक संचालल मार्फत कृषि ज्ञान केन्द्रले आह्वन गरेको छ । बितरण हुने तरकारीको वीउहरूमा टमाटर, काक्रो, सिमी, वोडी, खुर्सानी, लौका, घिरौला, जुकेनी, लहरे फर्सि, करेला, भिण्डी लगायतका तरकारीका बिउहरु रहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् । ५० प्रतिशत अनुदानमा पाउने बिउहरु कृषि ज्ञान केन्द्र बाजुराबाट मात्र बितरण गरिने र इच्छुक किसानले समयमै बिउ लिन अनुरोध गरेको सुचना अधिारी जैशीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार