शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रहरीकाे सक्रियतामा ५५ वटा छाउपडी छाउगोठ भत्काइयो

प्रहरीकाे सक्रियतामा ५५ वटा छाउपडी छाउगोठ भत्काइयो

  • शुक्रबार, माघ ३, २०७६
प्रहरीकाे सक्रियतामा  ५५ वटा  छाउपडी छाउगोठ भत्काइयो

बाजुरा ३ माघ– गृह मन्त्रालयको निर्देशन पश्चात बाजुरा जिल्लामा छाउगोठ भत्काउने अभियानले तिब्रता लिएको छ । नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधीको रहोबरमा यो अभियान चलिरहेको छ । छाउगोठ भत्तकाउने अभियान अत्तरगत जिल्लामा निजी तथा सामुहीक गरेर ५५ ओटा छाउगोठ भत्काईसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक टंकप्रसाद भट्टराईले बताएका छन् ।
जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ रजातोलीमा मात्र माघ २ गते १६ ओटा छाउगोठ भत्काएको प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन् । त्यसै गरी केही दिन अगाडी सोही नगरापलिका वडा न ८ रतुडामा ५ ओटा सामुहीक छाउगोठहरु भत्काएको प्रहरीले बताएको छ । बुढिगंगा नगरपालिका वडा न ८ मा पनी ५ ओटा छाउगोठ त्यसै गरी त्रिबेणी नगरपालिकामा १० ओटा र अन्य ठाउँमा गरि ५५ ओटो निजि तथा सामुहीक छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी टोली र जनप्रतिनिधि, पत्रकार, स्थानीबासीहरूको संयुक्त प्रयासमा बडिमालिका नगरपालिका वडा नं. ७ रजातोली र सुनकानामा रहेका १६ ओटा छाउगोठ भत्काएको बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष .धर्मराज पाध्यायले बताएका छन् । बुढिगंगा न.पा. वडा नं.८, १० र त्रिवेणी नगरपालिका वडा नं. ७ मा रहेका ७०÷७५ घर परिवारले प्रयोग गर्दै आएका घर बाहिर तथा घर छेउछाउ छुट्टै बनाएका ५५ वटा सार्वजनिक छाउपडी गोठलाई भत्काईएको, उक्त छाउपडी गोठ प्रयोग गर्ने व्यक्तिहरूलाई कानुनी कारवाही सम्बन्धी जानकारी गराईएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताएका छन् ।
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ रजातोलीका धामीले छाउपडि नमान्ने प्रतिबद्धता गरेका छन् । बडिमालिका नगरपालिका वडा न ७ को आयोजनामा गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य जण मानीने देउताका धामी र गाउँका ठालुहरुले सामुहिक प्रतिबद्धता गरेका हुन ।
छाउपडि प्रथा न्युनिकरणमा वडाको पहलमा स्थानियले छिट्टै छाउगोठ भत्काउने प्रतिवद्धता सहित गाउँका सबै एकै साथ सो अभियानमा जुटेका छन् । जिल्लामै सबै भन्दा बढि छाउगोठ भएको भन्ने समाचार आइरहेका बेला वडा कार्यालयको आयोजना तथा स्थानीय र प्रहरीको सक्रियतामा छाउगोठ भत्काउने अभियान चलाईएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

चर्चामा

सम्बन्धित समाचार