मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • श्रद्धाले उडाइन् वरुणको खिल्ली

श्रद्धाले उडाइन् वरुणको खिल्ली

  • बुधबार, माघ १, २०७६
श्रद्धाले उडाइन् वरुणको खिल्ली

मुम्बई — वरुण धवन र श्रद्धा कपुर फिल्ममा एकसाथ देखिने मात्र होइन रियल लाइफमा पनि राम्रा साथी हुन्। यिनको जोडी निकै जम्छ। उनीहरू सोसल मिडियामा पनि एकअर्काको कमेन्ट गरिरहन्छन्। यसपटक जब वरुणले आफ्नो नयाँ फिल्मको पोस्टर सोसल मिडियामा पोस्ट गरे तब श्रद्धाले सेयर गर्दै फन्नी कमेन्ट गरिन्।

वरुणले १३ जनवरीमा फिल्म ‘मिस्टर लेले’को पोस्टर सेयर गरेका थिए। पोस्टरमा वरुण अन्डर वेयर मात्रै लगाएर ह्यान्स अप मुद्रामा देखिएका थिए। यो फन्नी पोस्टरमा उनका फ्यानले पनि फन्नी कमेन्ट गरेका छन्।

श्रद्धाले इन्स्टाग्राम स्टोरीमा पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘यस्तो लागिरहेछ कि तिमीले मेरा बाको गम्छा चोरेका छौ। लव इट चिरकुट।’ योसँगै श्रद्धाले वैजनी मुटु पनि बनाएकी छन्। वरुणको यो फिल्म शशांक खेतानले निर्देशन गर्दैछन् भने निर्माण करण जोहरले गर्दैछन्। फिल्म अर्को वर्ष १ जनवरीमा रिलिज गरिँदैछ। वरुण र श्रद्धाले ‘स्ट्रिट डान्सर घडी’मा स्क्रिन सेयर गरेका छन्। यो डान्सकेन्द्रित फिल्म २४ जनवरीमा रिलिज हुँदैछ।

चर्चामा

सम्बन्धित समाचार