शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • रामारोसनमा अलपत्र पर्यटक, २५ देशका पर्यटकलाई किन रोक्यो प्रशासनले?

रामारोसनमा अलपत्र पर्यटक, २५ देशका पर्यटकलाई किन रोक्यो प्रशासनले?

  • बुधबार, अशोज ३, २०८०
रामारोसनमा अलपत्र पर्यटक, २५ देशका पर्यटकलाई किन रोक्यो प्रशासनले?

सुदूरपश्चिमको पर्यटकीय क्षेत्र रामारोशन घुम्न आएका विभिन्न २५ देशका पर्यटकलाई स्थानीय प्रशासनले रोक लगाएको छ। रामारोशन भ्रमणको अनुमति छुट्टै लिनुपर्ने भन्दै प्रशासनले रामारोशन भ्रमणमा रोक लगाएको हो। यात्रीको समूह अनुमति नपाउँदा अलपत्र छ।

३९ जना रामारोशन क्षेत्रमा पुगेर रोकिएका छन् भने २२ जना अछाम प्रवेश गर्ने विभिन्न स्थानमा रोकिएका छन्। अछामका प्रहरी प्रमुख सन्तोष पाठकका अनुसार रामारोशन क्षेत्रमा ३९, बेलखेत, चौखुट्टे र जयगढमा २२ जना विदेशी पर्यटक टेन्ट राखेर बसेका छन्। सामाजिक सञ्जालको माध्यमबाट जोडिएका विभिन्न देशका दुई हजार बढी पर्यटक रामारोशन घुम्न आउन लागेको उनीहरुले प्रहरीलाई बताएका छन्।

रामारोशन जाने छुट्टै अनुमति नलिएको थाहा पाएपछि उनीहरुलाई प्रशासनले रोकिदिएको हो। रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदका अनुसार भारत, अमेरिका, क्यानडा, पोल्याण्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्याण्ड, जापानसहित २५ देशका पर्यटक सो क्षेत्रमा पुगेका छन्।

गाउँकार्यपालिकाले आइतबार निर्णय गरेर गृह मन्त्रालय, पर्यटन मन्त्रालय र सूदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयलाई विदेशी पर्यटकलाई रामारोशन जाने अनुमति उपलब्ध गराइदिन पत्राचार गरिएको उनले बताए। बुटवलका सुजन खनालले सामाजिक सञ्जाल फेसबुकबाट नेपालका विभिन्न पर्यटकीयस्थल बारे दिएको जानकारीका आधारमा विदेशी नागरिक यहाँ पुगेको अछामका प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए।
तीन हजारभन्दा बढी विदेशी नागरिकले १ देखि २ महिनासम्म रामारोशन क्षेत्रमा बस्न चाहेको जानकारी आफूले पाएको उनले बताएका हुन्। समुद्र सतहबाट करिब २५ सय मिटर उचाइमा रहेको रामारोशन क्षेत्र ‘१२ बण्ड, १८ खण्ड’ का नामले परिचित छ। १२ वटा ताल र १८ वटा घाँसे मैदान रहेको सो क्षेत्र करिब ५–७ किलोमिटर रेडियसमा फैलिएको छ। डेढ किलोमिटर क्षेत्रफलमा फैलिएको जिंगाले ताल छ भने एउटै घाँसेमैदान ७ सय रोपनीमा फैलिएको छ।

चर्चामा

सम्बन्धित समाचार