शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सडक अतिक्रमण गरी राखिएका समाग्री र टहरा हटाउदै बाजुरा प्रहरी

सडक अतिक्रमण गरी राखिएका समाग्री र टहरा हटाउदै बाजुरा प्रहरी

  • बुधबार, माघ १, २०७६
सडक अतिक्रमण गरी राखिएका समाग्री र टहरा हटाउदै बाजुरा प्रहरी
सडक अतिक्रमण गरी राखिएका समाग्री र टहरा हटाउदै तस्वीर : जिल्ला प्रहरी कार्यालय बाजुराकाे फेशबुकबाट

बाजुरा १ माघ– बाजुरा जिल्लामा सडक अतिक्रमण गरि बनाईएका निजी घर ब्यपारीक टहराहरु भत्काउन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरा सक्रियतामा इकडी देखी मार्तडी बजारसम्म सो अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताए । गृह मन्त्रालयको आदेशानुसार बाजुरा जिल्लाको साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने रिठा बजार बेतालमाण्डौ बजार लगायतका बजामा हिजोदी घर टहर भत्तकाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले जानकारी दिएका छन् । प्रहरी टोलीले सडक अतिक्रमण गरी राखिएका व्यापारिक तथा निर्माण समाग्रीहरु, मुढा, दाउरा, ड्रम, ग्यारेज हटाउदै अब क्रमश सफा सडक सुरक्षित सडक अभियान संचालन गरेको प्रहरी नायव उपरिक्षक भट्टराइले बताएका छन् । सडकमा यत्रतत्र राखीएका सम्रगी तथा घर टहरा हटाउन स्थानियहरु तथा सरोकारवाला निकायहरु संग समन्वय गरी सो कार्यको थालनि गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार