शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ‘विप्लब’ नेतृत्वको नेकपाका केन्द्रिय नेता चुडामणि सहित १६ जना कार्यकर्ता कारागार चलान

‘विप्लब’ नेतृत्वको नेकपाका केन्द्रिय नेता चुडामणि सहित १६ जना कार्यकर्ता कारागार चलान

  • मङ्लबार, पुस २९, २०७६
‘विप्लब’ नेतृत्वको नेकपाका केन्द्रिय नेता चुडामणि सहित १६ जना कार्यकर्ता कारागार चलान

बाजुरा– नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाका केन्द्रिय नेता चुडामणि ओली ‘आदर्श’ सहित १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधब प्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

सोमबार भएको पेसी बहसमा प्रतिबादीको तर्फबाट कानुन ब्यबसायीहरु बरिष्ट अधिबक्ता एकराज भण्डारी, अभिवक्ताहरु बाजुराबार एसोसियसनका अध्यक्ष गगन रावल, सचिव पूर्ण रावत, हर्क खडायतले बहस गर्नुभएको हो । बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको र कुटपिट गरि यातना दिएर बयान गराएको प्रतिवादीहरुको बयानमा उल्लेख छ ।

प्रक्राउ परेका १६ जनालाई गत कार्तिक २२ गते शुक्रबार बाजुराको गौमुल गाउँपालिका –माझपालीबाट पक्राउ गरिएको थियो । ओलीसहित पक्राउ पर्नेहरुमा नरेश शाही, डम्बर सुनार, दीपक प्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, राजेश कुमार शाही, डबल बहादुर नेपाली, धर्म संह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक, सृष्टि सिंह रहेका छन् । १६ जना मध्य ११ जना पुरुष बाजुरा कारागार र बाकी ५ जना महिलालाई सोमबार नै अछाम कारागारमा चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताउनुभएको छ ।

पुर्पक्षका लागि कारागार जाने केहि उमेर नपुगेका कलिला उमेरकाहरु पनि रहेको जनाएको छ । रोल्पा गंगादेब–३ झ्याम घर भएका चुडामणि ओली ‘आदर्श’ प्रतिबन्धित नेकपाका न्याय बिभाग प्रमुख समेत हुन् । जनयुद्दको क्रममा पनि वहाँले लामो समय जेल जिबन बिताएका थिए ।
यसअघि पनी बैशाख ६ गते पनि तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट पक्राउ परेका थिए । उनलाई दाङबाट सुनसरी पुर्याएर ८० दिनको हिरासत बसाईपछि जिल्ला अदालत सुनसरीले असार २३ गते रिहा गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार