शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • पाेरखे हिमताल हेर्न दर्जन बढि पर्यटक एकै दिनमा जान्छन (फाेटाे फिचर)

पाेरखे हिमताल हेर्न दर्जन बढि पर्यटक एकै दिनमा जान्छन (फाेटाे फिचर)

  • आइतवार, पुस २७, २०७६
पाेरखे हिमताल हेर्न दर्जन बढि पर्यटक एकै दिनमा जान्छन (फाेटाे फिचर)
तस्बीर : प्रकाश सिहं

सामुन्द्रिक सतहबाट ३ हजार  मिटरभन्दा उचाइमा रहेको बाजुरा जिल्लाकाे पाेरखे हिमतालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मध्य वर्षा र जाडोको समयमा पुग्न सकिने पाेरखे  हिमतालमा यो समय उपयुक्त हुने भएकाले यतिवेला हिमताल हेर्न जानेको संख्या बढ्दै गएको हो ।

बिडमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाकाे सिमाक्षेत्र अन्तर्गत पर्ने पाेरखे  हिमताल स्वदेशी पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु बन्दै आएको छ । पछिल्लो समय मौसमअनुकूल भएका कारण पनि पर्यटकहरूको संख्यामा वृद्धि भएको पाइन्छ । उपयुक्त मौसम र पदमार्गसमेत सहज र सुरक्षित भएकाले आन्तरिक पर्यटकहरूको रोजाइमा पाेरखे लेख , छेउमै रहेकाे पाेरखे ताल र त्यस क्षेत्रमा रहेका फाटँहरू अान्तरिक पर्यटककाे राेजाइमा  परेको बताए ।

यतीबेला पाेरखे लेखमा हिउँ जमेका कारण थप रमाइलाे देखीने भएकाेले शनीबारकाे दिनमा बढि नै अान्तरिक पर्यटककाे पाेरखे लेखमा घुइँचाे लाग्ने गरेकाे बडिमालिका नगरपालिका ७ ढम्कनेका हाेटल ब्यबासायीहरूले बताएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

चर्चामा

सम्बन्धित समाचार