मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा भएको अनियमितता लुकाउन कागजात किर्ते

सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा भएको अनियमितता लुकाउन कागजात किर्ते

  • शुक्रबार, पुस २५, २०७६
सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा भएको अनियमितता लुकाउन कागजात किर्ते

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कागजात किर्ते गरेको आशंका गरिएको छ। मन्त्रालयले ट्रकलाई एम्बुलेन्स बनाएर वितरण गरेको समाचार प्रकाशन÷प्रशारण भएपछि सार्वजनिक गरेको कागजात किर्ते गरेको आशंका गरिएको हो।

सामाजिक विकास मन्त्रालयले विज्ञप्ती जारी गर्दै सिप्रदी ट्रेडर्ससंग भएको सम्झौता पत्र पनि सार्वजनिक गरेको थियो। उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट निमित्त प्रदेश सचिव झंकर बहादुर विष्टले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता २४ फेवररी २०१९ (२०७५ साल फागुन १२ गते) मा भएको उल्लेख गरिएको छ।

तर मन्त्रालयको हाजिरी रजिष्टरमा भने उक्त दिन निमित्त प्रदेश सचिव विष्ट अनुपस्थीत छन्। फागुन १२ गतेको दिन हाजिरी रजिष्टरमा विष्टले हस्ताक्षर गरेका छैनन्। छेउमा रातो रंगको डटपेनले केरमेट गरिएको छ भने अलिअली टिपेक्स पनि लगाईएको छ। यता निमित्त प्रदेश सचिव विष्टले भने रातो रंगको डटपेनले गरिएको केरमेटलाई नै आफ्नो हस्ताक्षर भएको दावी गरेका छन्।

तर रातो रंगको डटपेनले हाजिरी लगाउनै नमिल्ने प्रावधान रहेको छ। एक जना सरकारी अधिकारीले भने– ‘रातो कलरको डटपेनले हाजिर लगाउन मिल्दैन्। कालो वा निलोले लगाउने हो। त्यो दिन व्यस्तताले हाजिर लगाउन छुटेको भएपनि दोश्रो दिन लगाउन पथ्र्यो तर १० महिना सम्म नलगाईएको भए आशंक गर्न सकिने ठाउँ छ।’

सो समयमा सचिव गोगन हमालको हाजिरीमा सम्झौता भएको दिन उनी काजमा काठमाडौँ गएको उल्लेख गरिएको छ। मन्त्रालयमा हाजिर नै नभएर विष्टले सम्झौता पत्रमा कसरी हस्ताक्ष गरे भन्ने प्रश्न उब्जिएको छ। मन्त्रालयले एम्बुलेन्सको उत्पादन बर्ष पनि २०१९ नै भएको दावी गर्दै आएको छ।

तर प्रदेश सरकारले बाडेका एम्बुलेन्सका बिभिन्न पार्टपूर्जामा उत्पादन मिती समेत फरक–फरक राखिएको छ। प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई वितरण गरेको एम्बुलेन्समा पार्टपुर्जा अनुसार उत्पादन मिती फरक–फरक राखिएको फेला परेको हो। कुनै पार्टपूर्जामा उत्पादन मिती सन २०१६ लेखिएको छ भने केहीमा सन २०१८ र २०१९ का स्टिकर टासिएका छन्।

यस्तै केही स्टिकरमा उत्पादन मिती मात्रै च्यातिएको छ भने केही स्टीकर नयाँ समेत लगाईएको छ। टाटा कम्पनीका उक्त गाडीमा मूख्य व्याट्री समेत एम्रोन कम्पनीको राखिएको छ। सयुक्त एम्बुलेन्स चालक संघ सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रिय सदस्य लक्ष्मण सिंहले कतिपय पार्टपूर्जामा नयाँ स्टिकर समेत टासिएको बताए।

उनका अनुसार एम्बुलेन्सको स्क्रुमा खिया लागिसकेको छ। एम्बुलेन्सको पछाडि पट्टिको ढोकामा तीन वटा तीन स्क्रु रहेकोमा एउटै ठाँउमा लाग्ने स्क्रु पनि फरक फरक छन्। एम्बुलेन्स भित्र राखिएका उपकरण पनि अस्तव्यस्त रुपमा राखिएको छ। साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार