बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • ५ दिने शिक्षण सिकाइ सिप अभिबृद्धि तालिम शुरु

५ दिने शिक्षण सिकाइ सिप अभिबृद्धि तालिम शुरु

  • बुधबार, पुस २३, २०७६
५ दिने शिक्षण सिकाइ सिप अभिबृद्धि तालिम शुरु

सेतो गुराउस बाजुराको आयोजनमा ५ दिने शिक्षण सिकाई सिप अभिबृद्धि तालिम सदरमुकाम मार्तडीमा शुरु भएको छ । बडिमालिका नगरपालिका बाट ३५ जना र खप्तडछेडेदह गाँउपालिका २५ जना गरि ६० जना शिक्षक शिक्षिका र १५ जना अन्यको तालिममा सहभागिता रहेको छ ।
समता र सामाबेशी शिक्षा कार्यक्रम प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको कार्यक्रम अधिकृत डम्मरा थापाले वताएकि छन् । तालिमको सहजिकरण बिद्यालय निरिक्षक रङ्गमल विक, हिरालाल रेग्मि, मंगल धामि, बिश्व शिक्षा कार्यक्रम संयोजक शुखरत्न बर्माचार्य, रन्जित महतो गरिरहेका छन् । बिद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि, वालवालिकालाई शिक्षा पहुँचमा पुयाउनका लागि यो तालिमको आयोजना गरिएको सेतो गुराउस बाजुराका कार्यक्रम प्रबन्धक देबु खातिले वताएकि छन् ।
तालिमको उदघाटन बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बढुवालले गरेका थिए । शिक्षा क्षेत्र सुधार गर्नका लागि सहयोग गर्ने दातृ निकायलाई सहयोग गर्ने र ५ दिनको तालिम उपलब्धि मुलक होस भन्ने शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख गोपाल दत्त जोशीले पनि शुभकामनमा मन्तब्य राखेका थिए । कार्यक्रममा पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह लगायतको सहभागिता रहेको थियो । उदघाटन कार्यक्रमको सञ्चालन सेतो गुराउस बाजुराका कार्यक्रम अधिकृत देबराज पाध्यायले गरेका थिए भने अध्यक्षता कार्यक्रम प्रबन्धक देबु खातिले गरेकि थिईन् । तालिमको सहयोग युनिसेफ, बिश्व शिक्षा कार्यक्रमले गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार