शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा काम नलाग्ने ट्रकलाई एम्बुलेन्स बनाएर बाड्यो

सुदूरपश्चिममा काम नलाग्ने ट्रकलाई एम्बुलेन्स बनाएर बाड्यो

साढे ३ करोड अनियमितता

  • बुधबार, पुस २३, २०७६
सुदूरपश्चिममा काम नलाग्ने ट्रकलाई एम्बुलेन्स बनाएर बाड्यो

सुदूरपश्चिम सरकारलाइ ४०७/०३१–४ २१२१ मोडेलका ट्रक खरिद गर्दै एम्बुलेन्स बनाएर वितरण गर्दा झण्डै साढे ३ करोड अनियमितता भएको आरोप लागेको छ। १६ वटा एम्बुलेन्स खरिद गर्दा झण्डै साढे ३ करोड अनियमितता भएको आरोप लागेको छ। टाटाको उत्पादन र बिक्री वितरण समेत बन्द भईसकेको ट्रकलाई खरिद गरी एम्बुलेन्स बनाएको समाचार स्रोतको दावी छ।

ती ट्रकको भन्सार शुल्क समेत गरी हालको मूल्य पनि १८ लाख ८५ हजार रुपैया रहेकोमा प्रदेश सरकारले ३९ लाख ७ हजार रुपैयाका खर्च गरेको छ। भन्सार शुल्क समेत गरि झण्डै ३ करोडमा खरिद गर्न सकिने अवस्था रहेकोमा प्रदेश सरकारले १६ एम्बुलेन्स खरिद गर्दा ६ करोड ३५ लाख २० हजार खर्च गरेको छ।

यता सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमरान खड्काले भने उत्पादन बर्षको विषयमा जानकारी नभएको बताउँदै ४०७/०३१–४ २१२१ मोडेलको एम्बुलेन्स खरिद गरिएको बताए। समाचार स्रोतक अनुसार २०१२ को मोडलका ट्रक खरिद गरिएको हो।

प्रदेश सरकारले ३१ असारमा पहाडी १६ निर्वाचन क्षेत्रका लागि भनेर खरीद गरेका १६ वटा एम्बुलेन्स २० कार्तिकमा वितरण गरेको थियो। सुरुमा पहाडका १६ निर्वाचन क्षेत्रका लागि भन्दै एम्बुलेन्स खरिद गरिएपनि पटक–पटक स्वास्थ्य सस्थाको नाम फेर्दै तराईका अस्पतालमा समेत वितरण गरिएको थियो।

सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल कैलाली र महाकाली अस्पताललाई समेत एक/एक थान एम्बुलेन्स हस्तान्तरण गरेको थियो। यस्तै दार्चुलाको दुहु गाउँपालिकामा रहेको हिकिला स्वास्थ्यचौकी, नौगाड गाउँपालिकास्थित खार स्वास्थ्यचौकी, बैतडीको कुलाउ स्वास्थ्यचौकी, रायल प्राथमिक स्वास्थ्य केन्द्र बझाङ र बझाङकै मटेला स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो।

यस्तै डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढा अस्पताल, नवदुर्गा गाउँपालिकाको नवदुर्गा स्वास्थ्यचौकी, डोटीको जिल्ला अस्पताल, अछामको बाब्ला स्वास्थ्यचौकी, कमल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, बान्नीगढी स्वास्थ्यचौकी र जिल्ला अस्पताल अछामलाई एकरएक थान एम्बुलेन्स हन्तान्तरण गरिएको थियोे।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सुरुवातमा बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल, डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकी, डोटीमा जिल्ला अस्पताल र चवराचौतारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई एम्बुलेन्स वितरण गर्ने सुची बनाएको थियो।

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर बाहेकका सुबिधा नभएको अवस्थामा नयाँ वितरण गरिएका १६ वटा एम्वुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सीजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुबिधा रहेको दावी गरिएको थियो। याे समचार दिनेश खबर अनलाइनले लेखेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार