बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • पर्यटकीय गन्तव्य पोरखे गढी

पर्यटकीय गन्तव्य पोरखे गढी

  • मङ्लबार, पुस २२, २०७६
पर्यटकीय गन्तव्य पोरखे गढी
    लक्ष्मीराज पाध्याय

वर्षाै सम्म ओझेलमा परेको बाजुराको बडिमालिका नगरपालिका वडा न ७ स्थित पोरखे गढी पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको छ । पोरखे गढीमा सडकको पहु“च पुग्न थाले पछी अहिले यस क्षेत्र आन्तरिक पर्यटकको आकर्Èकको केन्द्र बन्न पुगेको छ । बिभिन्न समयमा बिभिन्न टोलीले सो क्षेत्रमा अवलोकन गरी त्यस ठाउमा पिकनिक पनी गरेको पनी पाइन्छ ।
प्राकृतिक सुन्दरताले भरिएको, हरियो जङगल आसपास रहेको, बाजुराकैै अग्लो त्रिशूल जस्तो कालाजग्रा रहेको यस त्रलाई हाल पोरखे लेखको नामले समेत चिनिने गर्दछ । ऐतिहासिक गढीका रुपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्ताेषी माता, कालाजग्रा मन्दिर लगायतका धामिर्क स्थलसमेत रहेकाले यो क्षेत्र धामिर्क तथा पर्यटकीय गन्तव्यस्थल समेत बन्दै गएको स्थानीय स्थानीयले बताउदै आएका छन् ।
आन्तरिक र बाहृय पर्यटकीय गन्तव्यका लागि यस क्षेत्रका आसपास बडिमालिका नगरपालिका ७ को ढम्कने र बुढिनन्दा नगरपालिकाका पाण्डुसैनको काधं लगाएत विभिन्न ठाउमा व्यवसाय फस्टाउने देखीन्छ । विशेÈगरी शान्त एवम् मनोरम वातावरण, उपत्यकाजस्तो र घाँसे मैदान,बिभिन्न ताल तलैयाहरुको मनोरम दृश्यावलोकन गर्न सकिने डा“डा, धार्मिक तथा ऐतिहासिक सम्पदा र पैदल यात्रिका लागि पनी सहज र सजिलो भएको र सदरमुकाम हदै बाजुराको प्रमुख ब्यापारी केन्द्र तथा एयरपोट बजार कोल्टी र कणाली कालीकोट मुगुको रारा, हुम्ला जुम्लाको ब्यापारीक बाटोको रुपमा चिनीने सो ठाउँ जाने पदमार्ग सेती कणाली राजमार्गसमेतले चिनिने भएकाले यस क्षेत्र पर्यटकका लागि आर्कषकको स्थल बन्दै गएको स्थानीय टेक बहादुर सिहंले बताए ।
यस क्षेत्रमा पिकनिक र चलचित्रको छायाङकनका लागिसमेत यो क्षेत्र गन्तव्य बन्ने बाजुराका नागरीक अगुवाहरुले बताउन थालेका छन । स्थानीय सरकारले यसको विकासका लागि चासो दिनसके जिल्लाकै विकट मानिएको यस क्षेत्रको मुहार फेरिने स्थानीय बताउँछन् ।
विशाल फाँट (पाटन) को छेउछाउमा मिलाएर रोपिएका जस्ता देखिन रुखहरु । छिनछिन मौसम परिवर्तन भइरहने कहिले पानी पर्ने, कहिले बादल देखापर्ने कहिले घाम लाग्ने । अझ पुसदेखि फागुनसम्म सेताम्य भएर हिउ“ले ढाकिने फाँट, अनि फा“टको छेउमा मिलाएर रोपिएका जस्ता देखिने बुट्टाहरु देखिने हिउ“को दृश्य हो पोरखे गडी आसपासका क्षेत्रहरु त्यस ठाउँलाई बाजुराको सबैभन्दा ठुलो बुढीगंगा नदिको उद्यगम स्थालले पनी चिनिन्छ ।
पोरखे क्षेत्र जति राम्रो छ, त्यहा“ पुग्नका लागि गाह्रो छैन । बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल पोरखे गढी यस क्षेत्रको प्रमुख स्थान बाजुराको धरोहर हो ।
के–के देखिन्छन पोरखे गढीबाट ?
बुढिनन्दा ताल तथा मन्दिर मालिका मन्दिर कालाजग्रा गुफाताल लगायत यी धामिर्क स्थलले मात्र पोरखे गढी क्षेत्र प्रख्यात नभएर यस क्षेत्रमा ठूला साना गरी दर्जन भन्दा बढि फाँटहरु पनि यहा“को प्रमुख आकर्Èण हुन् एैतिहासीक दरवार पोरखे गढी हाल सम्म भग्नाअबषेस रहेको देख्न पाईन्छ साथै ति पाटनका घासे मैदान नेपालको तराईका भन्दा बढी फाँट भएको सो क्षेत्र लाई देख्न सकिन्छ ।
यतिबेला पोरखे आसपासका फा“टको हिउँले ढपक्क ढाकेका कारण थप रमणीय बन्दै गएको छ । चैत महिना पछी विस्तारै पोरखेका फा“टहरु हरिया बन्ने प्रयासमा रहेका हुन्छ भने फूलका मुना पलाउन थालेका देख्न सकिन्छ ।
पोरखेको फाँट
यस क्षेत्रमा ४ रैथाने सहित १ सय ३५ किसिमका फूल फुल्ने गर्दछन् । त्यसकारण पनि यो क्षेत्र प्राकृतिक इतिहासको संग्राहालय र जीवित बगैंचा भएको बडिमालिका नगरपालिकाका स्थानिय बासी दल बहादुर रोकाया बताउ“छन् । नेपालमा पाइने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छ । प्रकृतिको यो अनौंठो संग्राहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय जातका चराचुरुंगी छन् । नेपाइलमा ९ प्रजातीका गिद्धहरु पाइन्छन तर यही ठाउँ वरपर ४ प्रजातीका रैथाने गिद्धहरु देख्न पाइन्छ । जसमा सुन गिद्ध, हिमाली गिद्ध, हाडफोर गिद्ध र सेतो गिद्ध गरि चार प्रजातीका गिद्धहरुको बासस्थानका रुपमा यो क्षेत्र रहेको छ ।
विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहा“ एक दर्जन बढि फा“ट र २२ पाखाहरु छन् । यस क्षेत्रमा समुद्र सतहबाट ३२ सयदेखि ३५सय मिटरसम्मको उचाईमा रहेको छ । यो क्षेत्र नेपालमै अति दुर्लभ थलथले घासे मैदानयुक्त जमीन पनि हो ।
कसरी पुग्ने पोरखे ?
पोरखे क्षेत्र पुग्दा धेरै बाटोहरु रहेका छन् । यस क्षेत्र पुग्नका लागि काठमाण्डौबाट सीधै हवाइ मार्ग हु“दै बाजुराको धावनमार्ग अर्थात कोल्टी एयरपोट पुग्न सकिन्छ । अर्को बसको २४ घण्टे लामो बसको यात्रा पश्चात पुगिन्छ बाजुरा सदरमुकाम मार्तडीमा । धनगढीदेखि बाजुरासम्म अथवा सो क्षेत्र पुग्न ११ घण्टाको बसयात्रा पश्चात सुरु हुन्छ पैदल यात्रा । अहिले पोरखे सम्म जीप चल्ने भएकाले जीप रिजर्भ जान सकिन्छ ।
हवाई यात्रा गरेमा एयरर्पोटदेखी २ घण्टाकोे पैदल यात्रापछी यात्रा पश्चात पोरखे लेखमा पुग्न सकिन्छ । दोस्रो दिनको यात्राको सुरुवात नै पोरखे गढी बाट बाया प्रवेशस“गै कालाजग्रा यात्र सुरु हुने गर्दछ । कालाजग्रा गुपाताल र सो चुचुरो बाट बाजुरा बझाङ,अछाम, डोटी कर्णली प्रदेशका हुम्ला मुगु, कालिकोट, जुम्ला र चिनमा अवस्तीत मानासरोबर मुगुको रारा बझाङको सैपाल हिमाल बाजुराका उच्च स्थानमा रहेको बुढीनन्दा ताल र बडिमालिकाका दृश्यवलकन गर्न सकिन्छ । पोरखे गढी दायाँ बाटोको यात्रा सुरु गर्ने हो भने प्रवेशस“गै यात्राको सबैभन्दा अप्ठ्यारो तथा निकै ठाडो उकालो पश्चात केही समयसम्म यात्रा पश्चात मनमहोक फाट,घासेमैदान ,र बिभिन्न तालहरुको अवलोकन गर्न सकिन्छ ।
बसयात्रामा हो भने मार्तडीको ढम्कने र हवाई यात्रा हो भने पाण्डुसैनको अँगाउपानी तथा पोरेखे काँधमा खाना खाएर यात्रा सुरुवात गरेपछि बाटो त्यति अप्ठ्यारो नभए पनि ठूला ठूला चट्टान र घना जंगल र बाटोमा फुलेका रंगीचंगी फूलहरुको आनन्दले बाटोको थकान मेटिदिन्छ र यात्रा पश्चात बिहानै खाना खाएको ठाउँमा सा“झ फर्कन पनी सकिन्छ ।
यो क्षेत्र पर्यटकीय हिसावले मात्र होइन, ध्यानका लागि पनि निकै उपयुक्तस्थल रहेछ ।’ यहा“का ल्याण्डस्केप आफैमा महत्वपूर्ण भए पनि यहा“को मौसमको बदलिने स्वरुप नै महत्वपूर्ण भएको केही अगुवाहरु बताउछन ।
यहाका स्थानिय बासी भन्छन पर्यटकीय विकासको सम्भावना भएर पनि यसको उचित सदुपयोग हुन नसक्दा जति स्थानीय समुदायले लाभ लिनुपर्ने हो, त्यति लिन सकेको देखिएन’ प्राकृतिक श्रोेतले धनी भएर पनि यहा“ पर्यटक पुग्न नसक्दा जति बाजुराका पर्यटकिय  क्षेत्र आसपासका बासिन्दाले लाभ लिनुपर्ने हो, त्यति लिन नसकेको अवस्थामा पर्यटन विकासमा समाजले केही पहल गरेको बताउ“दै कालाजग्रा संरक्षण समितिका सचिव रामबहादुर धामी भन्छन्– ‘अझ यसलाई ब्यापक बनाउनका लागि सबैको सहयोग आवश्यक छ ।’
कालाजग्रा संरक्षण समितिका अध्यक्ष लोकेन्द्र रोकाया भन्छन पोरखे क्षेत्रमा पर्यटक लानका लागि राज्यले त्यहा“ पर्यटकका लागि आधारभूत आवश्यकताका लागि पहल गरेमा पर्यटकको आगमनमा बृद्धी हुने दाबीसमेत गर्दछन् ।
बाजुराका बिबिन्न धार्मीक तथा पर्यटकीय क्षेत्र मध्य एक आकर्षक बिन्दुको रुपमा बडिमालिका नगरपालिका वडा न ७ मा रहेको पोरखे गढी चिनिन्छ । यस क्षेत्रको पर्यटन प्रबद्धनका लागी लाग्ने हो भने बाजुरा कहिलै पनी गरीबिको रेखामुनी नहरने नागिरक अगुवा काशी बिक बताउछन् । जिल्लाकै एक मात्र सरल सजिलो यात्रा अनी मनमहोक आर्कषकको बिन्दु पोरखे लेख र अनी गढीले बाजुरालाई हालसम्म चिनाउन सकेको छ ।
यो क्षेत्र बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको सिमा क्षेत्र पनी हो । बाईसे र चौबिसे राज्य भएको बेला राजाले बनाएको दरवार पोरखे गढी हालसम्म त्यँहा देख्न पाईन्छ । त्यहाँ बिभिन्न प्रजातीका बन्यजन्तु पशु तथा चराचुरङी दिउँसोमा पनी देख्न पाईन्छ ।

चर्चामा

सम्बन्धित समाचार