शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको कोदो काठमाण्डौमा

बाजुराको कोदो काठमाण्डौमा

  • बुधबार, मंसिर १८, २०७६
बाजुराको कोदो काठमाण्डौमा

बाजुरा १८ मसिंर– बाजुरा जिल्लाबाट पहिलोपट बाजुराको अर्गानिक कोदो काठमाण्डौमा बिक्रि हुने भएको छ । यस अघि बाजुराबाट आलु र स्याउ देशका बिभिन्न शहर काठमाण्डौ, पोखरा, भैरहवा , धनगढि लगायतका शहरमा बिक्रि गरिएको थियो । यस पटक बाजुराबाट कोदो समेत काठमाण्डौमा बिक्री बितरण गरिने भएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराको बजारीकरण सहयोग तथा समन्वय र बाजुरा कोसेली घरको संकलन तथा बजारीकरण प्रयासमा बाजुराको ८५ कुईन्टल अर्गानिक कोदो पहिलो पटक काठमाडौंमा पठाउन सफल भएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रशाद जैशीले बताए । बाजुरा गरिबी र अभावको जिल्ला मात्रै हैन अबसर र सम्भावनाको जिल्ला पनि हो भन्ने कुरा स्थापित गर्न हामी निरन्तर कोसिसमा लागेका छौ सुचना अधिकारी जैशीले पबताए ।
“ रैथाने वालीको संरक्षण,प्रबर्द्धन र बिस्तारस्बाजुराको खाद्य पोषण सुरक्षा र कृषकको आम्दानीको आधार“ भन्ने मुल नारालाई साकार पार्न सम्वन्धित सम्पुर्ण सरोकारवालाहरूलाई महत्वपुर्ण सहयोगका लागि पनी अनुरोधका साधै बाजुरालाई कृषिका हरेक कुरालाइ अगाडी बढाउन सबैको सहयोग रहने र कृषिमा लाग्न सबैलाइ अग्रह समेत गर्दछौ कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गोबिन्द सिजापतीले बताए । बाजुरा जिल्ला सधै गरिवी भोकमरी र अभावका जिल्ला नभई बाजुरा पनि सम्भावनाको जिल्ला हो भन्न चिनाउन आबस्यक रहेको प्रमुख सिजापतीले बताए ।

चर्चामा

सम्बन्धित समाचार