शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका र बुढिनन्दामा बिहानैदेखी दर्सन गर्नेको भिड

बडीमालिका र बुढिनन्दामा बिहानैदेखी दर्सन गर्नेको भिड

  • बुधबार, साउन २९, २०७६
बडीमालिका र बुढिनन्दामा बिहानैदेखी दर्सन गर्नेको भिड

बडीमालिका खवर
बाजुरा २९ साउन
सुदुरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तीर्थस्थल बडिमालिका र बुढिनन्दा मन्दिरमा आज बिहानै देखि पुजा गर्ने भक्तजन हरुको भिड लागेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि जनैपूर्णिमाको अवसर मा पबित्र धार्मिक तिर्थस्थल बडिमालिका र बुढिनन्दा मन्दिरमा भक्तजनहरू मेला भर्न आएका हुन् । जनैपूर्णिमा को अघिल्लो दिन बडिमालिका र बुढिनन्दा मन्दिरमा बिषेस पुजा हुने भएकाले आज बिहानै देखी भक्तजनहरु चिसो मौसमको प्रर्बाह नगरी देवीको दर्शन गर्न लाइनमा लगिरहेका छन्।
बुढिनन्दा जाने तिर्थयात्रीहरु हिजो धौलीममा बास बसेर बिहानै देखी मन्दीर पुगेर दर्सन गरेर फर्किने गर्छन भने बडिमालिका जाने तिर्थयात्रीहरु त्रिबेणीमा स्नान गरि मन्दीर परिसरमा हिजै पुगेकाहरु बिहानै देखी देबीको दर्सन गर्ने प्रम्परा रहेको छ ।
भक्तजनहरु हिजो बिहानै देखि त्रिवेणीमा स्नान गरि बडिमालिका मन्दिर परिसर मा पुगीसकेका थिए । त्रिबेणीमा स्नान गरी बडिमालिका माता को दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्षेनी हजारौं भक्तजनहरु यहाँ आउने गर्छन ।
जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका देवी को दर्शनगरि जनैपूर्णिमाको दिन नाटेश्वोरी देवी को दर्शन गर्ने प्रचलन रहदै आएको छ । नेपालका विभिन्न ठाउ तथा भारतबाट तीर्थयात्री हरु आउने यो ठाउँ समुन्द्री सतहदेखि करिब ३४ हजार फिट उचाईमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार