शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • नायिकाहरू प्रायः आफ्नो उमेर लुकाउँछन्

नायिकाहरू प्रायः आफ्नो उमेर लुकाउँछन्

  • सोमवार, पुस २१, २०७६
नायिकाहरू प्रायः आफ्नो उमेर लुकाउँछन्

मुम्बई — गएको वर्ष छोरो पाएकी उनको उमेर ४० वर्ष भएको छ । पनाग सन् १९९९ की मिस इन्डिया पनि हुन् । उनले मिस युनिभर्स प्रतियोगितामा पनि भाग लिएकी थिइन् । आफ्नो फिटनेसमा निकै ध्यान दिने उनी चालीसकी लाग्दिनन् । उनी पाइलटका साथै हाफ म्याराथन रनर र मोटरसाइकल राइडर पनि हुन् । पनागले फर्मुला इको रेस पनि गरिसकेकी छन् ।

गुल पनागका श्रीमान् ऋषि अटारी पनि पाइलट हुन् । पनाग सन् २०१४ मा आम आद्मी पार्टीमार्फत चण्डिगढबाट आमनिर्वाचन लडेकी थिइन् । तर नायिका किरण खेरसँग पराजित भइन् । पनाग कर्नल शमशेर सिंह फाउन्डेसन नामक संस्थामार्फत समाजसेवा पनि गर्छिन् । फाउन्डेसनले समानता, शिक्षा र प्राकृतिक विपत्तिका लागि काम गर्छ । नायिकाहरू प्रायः आफ्नो उमेर लुकाउँछन् । तर सन् २००३ मा फिल्म ‘धुप’बाट आफ्नो करिअर सुरु गरेकी बलिउड नायिका गुल पनागले ३९ वर्षको उमेरमा आमा बनेको खुलासा गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार