मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अध्यक्ष थापाले निर्देशन दिए ३० दिन भित्र अस्पतालको अतिक्रमण जग्गा खाली गर्न

अध्यक्ष थापाले निर्देशन दिए ३० दिन भित्र अस्पतालको अतिक्रमण जग्गा खाली गर्न

  • शुक्रबार, पुस १८, २०७६
अध्यक्ष थापाले निर्देशन दिए ३० दिन भित्र अस्पतालको अतिक्रमण जग्गा खाली गर्न

जिल्ला अस्पताल बाजुराको अतिक्रमण भएको जमिन ३० दिन भित्र छोड्न निर्देशन दिएका छन् । जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले सर्वपक्षिय बैठेक मार्फत अतिक्रमण गरेको जग्गा ३० दिन भित्र खालि गर्न निर्देशन दिएका छन् । अतिक्रमण गरेका जग्गाधनीलाई बोलाएर ३० दिन भित्र खालि गर्ने यदि खालि नगरे ३१ औ दिनमा आफै डोजर लगाएर खालि गर्ने वताएका छन् ।
अध्यक्ष थापाले राजनितिक दल नागरिक समाज अन्य सरोकारवाला सहित बोलाएर छलफल समेत गरेका थिए । बिगत लामो समयदेखी निजी ब्यक्तीले अतिक्रमण जिल्ला अस्पताल बाजुराका ब्यबस्थापन समिति अध्यक्ष भरत थापाले बताएका छन् । अस्पताल परिसरमा रहेको जमिन बडिमालिका बोडिङ्गस्कुलका सञ्चालक लालकेशर पाण्डे र बडिमालिका नगरपालिका वडा न ७ चुथिमा रहेको कालिका आधारभुत बिद्यायलयका प्रअ सहदेव पाध्यायले अस्पताल परिसरको जमिन अतिक्रमण गरेको अस्पतालले जनाएको छ ।
त्यस्तै बडिमालिका नगरपालिका ७ को ढम्कने सम्म बिस्तार भएको बिजुलीकोे ११ हजार भोल्टेज लाईनका पोल पनि अस्पताल परिसरमा रहेकोले बिद्युत्तलाई हटाउन पत्रचार गरेका छन् । पोलमा धेरैलाई करेन्टलागेकोले उक्क्त पोललाई अन्य ठाँउमा ब्यबस्थापन गर्न अस्पताल समितिले त्रिवेणी साना जलबिधुक्तलाइ पत्रचार गर्ने भएको छ ।
जिल्ला अस्पतालमा आज कुनै पनि समिति तथा अस्पताल प्रमुखले गर्न नसकेको काम जिल्ला अस्पतालमा अध्यक्ष भएर आएको एक महिनामै अध्यक्ष भरत थापाले निर्णय गरेको नेकपाका जिल्ला कमिटि सदस्य काशि बिकले वताए । उहाँको निर्णय कार्यन्वयन गन सबै एकसहमत भएको बिकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार