शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • ४ जना मृतकको सनाखत, घाइतेलाइ हेलिकप्टर मार्फत कोहलपुर लगियो

४ जना मृतकको सनाखत, घाइतेलाइ हेलिकप्टर मार्फत कोहलपुर लगियो

  • बिहिबार, पुस १७, २०७६
४ जना मृतकको सनाखत, घाइतेलाइ हेलिकप्टर मार्फत कोहलपुर लगियो

हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट कर्णाली नदिमा जिव खस्दा ४ जनाको मृत्यु भएको छ । कर्णाली करिडोर अन्तर्गत कालापडा भिरमा जिव दुर्घटना भएको हो । मृत्यु हुनेमा जगन्नाथ गाँउपालिका ५ गोत्रि बस्ने गाडि साहु तथा चालक २७ बर्षका रमेश शाहि, हिमाली गाँउपालिका ६ धुलाचौर बस्ने ३५ बर्षका पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका ५ बस्ने ३३ बर्षका दिनेश कुमार घर्ती मगर र मुगुको कर्मारोड गाँउपालिका ८ बस्ने ३८ बर्षका प्रेमा लामा रहेकाे प्रहरी प्रमुख उद्धब सिं भाटले वताएका छन् ।
स्वामीकार्तिक गाँउपालिका ४ वाइ बस्ने १३ बर्षकि शुशिला बिक भने बेपत्ता रहेकि छन् । उनको शब खोजिरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मुगुको कर्मारोड गाँउपालिका ८ बस्ने २० बर्षका गोम्चो लामा, सोही ठाँउका २१ बर्षका तोर्च लामा, बुढिन्नदा ६ बस्ने २२ बर्षकि सरु विक र उनकी २ बर्षकि छोरी रहेकि छन् । तोर्च र सरुको अबस्था निकै गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकेप्टर मार्फत कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।
से १ ज १०६४ नम्बरको जिव दुर्घटना भएर कर्णाली नदिमा खसेको थियो । जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टि तर्फ आउदै गरेको थियो । प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ । सडक बाट ५ सय मिटर भिर बाट नदिमा खसेकोे छ ।

चर्चामा

सम्बन्धित समाचार