मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन बाट बिजुली बल्याे

बाजुरामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन बाट बिजुली बल्याे

पहिलो पटक बुढिगंगामा जोडीयो

  • बिहिबार, पुस १७, २०७६
बाजुरामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन बाट बिजुली बल्याे

बिद्युत्त प्राधिकरणले बाजुरामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन जोडेर बिजुली बालेको छ । बुढिगंगा नगरपालिका ३ सेरामा ५ घरमा बत्ति जोडेर पहिलो पटक बाजुरामा राष्ट्रिय प्रसारण लाइन बाट बत्ति बालेको नेपाल बिद्युत्त प्राधिकरण बाजुरा बितरण केन्द्रका निमित्त प्रमुख पदम बहादुर बमले वताए ।
बुढिगंगाको सेरामा ५० के भि ए को ट्रान्समिटर जोडेर स्थानिय रङ्ग राना, भक्क्त राना, लाल बहादुर दमाई, जङ्ग रावल र कर्ण रावलको घरमा लाइन जोडेर बिद्युत बालेको छ । पहिलो पटक बिजुलि बाल्न पाँउदा निकै खुशी भएको स्थानिय लाल बहादुर दमाईले बताए । बिद्युक्तका लागि अन्य धेरै प्रयास गरेका थियो, राष्ट्रिय प्रसारण लाइन आएपछि बिजुली बाल्न पाएको उनले थपे । सदरमुकाम मार्तडीको पावरहाउस सम्म बत्ति पुयाएको भएपनि मार्तडीमा यतैको साना लघुजलबिद्युक्त भएकाले मार्तडीमा भने बत्ती नजोडेको कार्यलयले जनाएको छ ।
बुढिगंगा नगरपालिका १, २ र ३ वडामा पनि दुई महिना भित्र बत्ति बालि सक्ने बुढिगंगा नरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताए । बिधुत्त प्राधिकरणको सहयोगमा करिब १ हजार घरधुरीमा दुई महिनामा बिधुक्त बालिसक्ने शाहले थपे । पहिला नगरपालिकाले अन्य ठाँउ बाट बिजुली ब्यबस्थापनका लागि ४५ लाख रकम बिनियोजन गरेका थियौ, पछि बिद्युक्त प्राधिकरण सँग समन्वय गरयौ, उहाँहरु पनि सकारात्मक भएपछि राष्ट्रिय प्रसारण लाइन बाट बत्तिको ब्यबस्थापन गर्न लागिएको शाहले वताए ।
बुढिगंगा नगरपालिका १, २ र ३ वडामा पोल सबै गाडिसकेका छन् । केही आबश्यक सामानको टेन्डर प्रक्रियामा अगाडि बढेसकेको चाडै ति वडाहरु झिलिमिल पारिसक्ने बिद्युत्त प्राधिकरणले बताएको छ । पहिलो चरणमा केही घरमा बत्ति बाल्यौ बिस्तारै बाजुराका अधिकांश क्षेत्रमा बिद्युक्त पुयाउने कार्यलयले जनाएको छ ।
बिद्युत्तको लायन सदरमुकाम मार्तडीमा रहेको पावर हाउस सम्म पुयाइसकेको छ । मार्तडीमा आबश्यक परे जति बेला पनि लायन बिस्तार गर्न सक्ने निमित्त प्रमुख पदम बहादुर बमले वताएका छन् । नेपाल बिद्युत्त प्राधिकरणले त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाँउपालिका र उत्तरी क्षेत्रका चार स्थानिय तहमा पनि लायन बिस्तारका लागि पोल गाढने काम भइरहेको बमले बताए ।

चर्चामा

सम्बन्धित समाचार