बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपाले पोरखेमा नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भ

नेकपाले पोरखेमा नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भ

  • बिहिबार, पुस १७, २०७६
नेकपाले पोरखेमा नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भ

नेकपा बडीमालिका नगर कमिटीले भ्रमण वर्ष २०२० पोरखे लेखबाट सुभारम्भ गरेको छ । प्रकृतिको अनुपम सिर्जना भएको पोरखेमा प्राकृतिक सौन्दर्यसँग रमाउदै नेकपा नगरकमिटिले पोरखेबाट भ्रमण वर्ष सुभारम्भ गरको नगरकमिटि सचिव चन्द्र थापाले बताउनु भएको छ । स्थानिय गन्तव्यको पहिचानसंगै पर्यटन वर्ष २०२० मा सचेतना विस्तारका लागि औपचारिक कार्यलयका विच भ्रमण वर्षको सुभारम्भ गरिएको हो । भम्रण वर्ष सफल पार्न आज बाटै बाजुरा जिल्लाका धार्मीक रुपमा महत्व बोकेका सबै ठाउँको पहिचान गर्ने नेकपा नगर कमिटिले जनाएको छ । भम्रण वर्ष शुभराम्भका लागि वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले समन्वय गरेका थिए ।

पोरखे यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूर्ण संस्कृतिमा रमाएर जिन्दगीभरिका लागि अद्भुत अनुभुति सँगाल्न सकिने नेकपाका नेता अमर खड्काले बताउनु भएको छ । संसारमै एक अद्वितीय पर्यटकीय गन्तव्य भएको र अथिति सत्कार जिल्लाकै उत्कृष्ट पोरखे भएको अतिथि आगमन बढ्ने विश्वास लिईएको उहाँले बताउनु भएको छ । प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रहरूको आधारमा बाजुराका धार्मीक स्थल रहेका छन् । नेकपा नेता अमर खड्का, काशी विक, बडीमालिका नगरपालिका ३ वडाअध्यक्ष डम्मर महत, ३ का विरबहादुर रावल, ७ का धर्मराज पाध्याय र ९ का वडाअध्यक्ष विनोद कुमार विक लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार