शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय युवा संघ नेपाल बाजुराको गठन प्रकृया सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल बाजुराको गठन प्रकृया सम्पन्न

  • बुधबार, पुस १६, २०७६
सेयर गर्नुहोस् :
राष्ट्रिय युवा संघ नेपाल बाजुराको गठन प्रकृया सम्पन्न

युवा संघ नेपाल बाजुराको गठन प्रकृया सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रिय कमिटी बैठक र राष्ट्रिय एकता भेला २०७६ कार्तिक ३० र मंसीर १ गते काढमाण्डौँमा सम्पन्न भएको थियो । सोही भेलाले चयन गरेको राष्ट्रिय युवा संघ नेपालको गठन प्रकृया बाजुरा जिल्लामा ६१ सदस्यीय समितीको नामावली सहित आज विज्ञप्ती मार्फत सार्वजनिक गरिएको हो ।

युवा संघ नेपालको विधान अनुसार ६१ सदस्यीय जिल्ला कमिटी सदस्य बन्ने जसमा साविकको युवा संघ नेपालबाट ३४ जना र वाइसियलबाट २७ जना सदस्यहरुको प्रतिनिधित्व गरी जिल्ला संयोजक र सह संयोजकमा ६ वटा स्थानिय तह साविकको युवा संघ नेपालबाट र ३ वटा स्थानिय तह साविकको वाइसियल नेपालबाट संयोजक रहनेगरी संगठन निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपाल बाजुराका जिल्ला संयोजक सन्तोष विकले बताउनुभयो ।

जसमा बाजुरा जिल्लाको वडिमालिका नगरपािलका, बुढीनन्दा नगरपलिका,, जगन्नाथ, स्वार्मिकातिृक खापर र गौमुल गाउँपािलकाबाट साविकको युवा संघ नेपालबाट प्रतिनिधि रहने गरी र जिल्लाको त्रिवेणी नगरपािलका खप्तड छेडेहद गाउँपालिका र हिमाली गाउँपलिकाबाट साविकको वार्यसियलको प्रतिनिधित्व सहने गरी ६१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल बाजुराका गठन गरिएको सह संयोजक दिलीप कुमार रोकायाले बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल बाजुराको संयोजकमा सन्तोष विक र सह संयोजकमा दिलीप कुमार रोकाया चयन हुनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार