शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • गौमुलमा बृहत कृषि मेला पर्दशनी

गौमुलमा बृहत कृषि मेला पर्दशनी

  • बुधबार, पुस १६, २०७६
गौमुलमा बृहत कृषि मेला पर्दशनी

सगिता तिमिल्सेना

गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा बृहत कृषि मेला प्रर्दशनी गरिएको छ । स्थानिय तथा अर्गानिक उत्पादनमा कृषकलाई प्रोत्साही गर्नको लागि आज एक बृहत कार्यक्रम सहित गौमुल गाउँपलिकाको कृषि शाखाको आयोजनामा बृहत कृषि मेला पर्दशन सम्पन्न गरिएको हो ।

बृहत कृषिमेला पर्दशनी कार्यक्रममा गाउँपालिका भरीका स्थानिय कृषकले उत्पादन गरेका नगदे बाली, दलहन बाली, तरकारी बाली, फलफुल बाली लगायतका कृषिजन्य बस्तुहरुका १ सय बढी स्टलहरु प्रर्दशनी गरिएका थियो । सो स्टलहरुको गाउँपािलकाका अध्यक्ष हरिबहादुर रोकाया, उपाअध्यक्ष सिता थापा लगायत गाउँपालिका भरीका स्थानिय कृषक र कार्यक्रममा सहभागिहरुले अनुगमन गरेका थिए । स्टलहरु अवलोकनपछी कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपािलकाका अध्यक्ष हरिबहादुर रोकायाले स्थानिय कृषकहरुलाई कुरा गरेर समय बर्बाद गर्नुभन्दा पनि आफु नै परिश्रमी भई कृषि उत्पादनबाट सहजै आर्थिक लाभ लिन आग्रह गर्नुभएको छ ।

अहिलेको समयमा प्रायजसो मानिसहरु कृषिकार्यबाट पछि हट्ने गरेकाले पनि आर्थिक अभाव हुने गरेको र सबैले विभिन्न आधुनिक तरिकाले कृषिखेती गरी आर्थिक रुपमा अब्बल हुन पनि आग्रह गर्नुभयो । त्यस्तै उपाअध्यक्ष सिता थापाले पनि बिशेष गरी महिलाहरु आथिृक रुपमा परनिर्भर हुनाले पनि हिंसामा पर्ने गरेकाले आफ्नै बारीमा अर्गानिक कृषि खेती गरी आर्थिक रुपमा सबल बन्न आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपलिकाका ६ वटै वडाका कृषक समुह, महिला मन्चका महिला तथा कृषकले कृषि सम्बन्धि सचेतनामुलक देउडा गित र महिलाका लागि चम्चा दौड र टफी दौड कार्यक्रमको आयोजना पनि गरिएको बताइएको छ ।

कृषि मेला पर्दशनी कार्यक्रममा वडा नं २ तल्लोदुगनका कृषक गोरख बहादुर रोकाया उत्कृष्ट कृषक बन्न्ुभयो । उहाँलाई गाउँपािलकाका अध्यक्ष हरिबहादुर रोकायाले ५ हजार नगद सहित सम्मान गर्नुभएको छ । भने कार्यक्रममा सहभागि सम्पुर्ण कृर्षकलाई प्रसंसा पत्र सहित सम्मान गरिएको गाउँपलिकाले जनाएको छ । गाउँपािलकाका अध्यक्ष हरिबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाअध्यक्ष सिता थापा गाउँपािलका भरी स्थानिय कृषक लगायत ५ सय बढीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कृषि शाखाका प्राविधिक रमेश विकले गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार