
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिं भाटको सरुवा भएको छ । भाटकाे महानगरिय अपराध महासाखा काठमाडाै सरुवा भएकाे छ । भाटको सरुवा पछि डिएसपी टंक प्रसाद भट्टराई जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख भएर आउने भएका छन् । भट्टराई प्रहरी प्रधान कार्यलय केन्द्रिय अनुसन्धान ब्युरो अनुगमन तथा सुपरिबेक्षण शाखा बाट सरुवा गरेकाे छ । सरकारले एकै साथ ७७ जना डिएसपीकाे सरुवा गरेकाे छ ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिं भाटलाइ याे भन्दा पहिला जिल्ला प्रहरी कार्यलय धनुषामा काज सरुवा गरेको थियाे । उनकाे कागज सरुवा भने राेकिएकाे थियाे । भाटले परिवार काठमाडाै रहेकाे काठमाडाै सरुवा मागेपछी उनलाइ काठमाडाै सरुवा गरीएकाे बुझीएकाे छ ।


