बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका पोषण मैत्री वडा घोषण अभियानमा

बडिमालिका नगरपालिका पोषण मैत्री वडा घोषण अभियानमा

  • शनिबार, पुस १२, २०७६
बडिमालिका नगरपालिका पोषण मैत्री वडा घोषण अभियानमा

बडिमालिका नगरपालिकाले पोषण मैत्री वडा घोषणा गर्ने अभियान अगाडि बढाएको छ । नगरपालिकामा कुपोषणको अबस्था अध्यन गरेर त्यसलाई समाधान गर्दै नगरपालिका नै पोषण मैत्री घोषणा गर्ने योजना रहेको नगरपालिका नगरप्रमुख पदम बढुवालले वताएका छन् ।
नगरपालिकाको दिगो बिकास लक्ष्य अनुसार बहुक्षेत्रिय पोषणा योजना अन्तर्गत यो अभियान शुरु गरेको नगरपालिकाका स्वास्थ्य संयोजक टेक बहादुर खडकाले वताएका छन् । पहिलो चरणमा चार वटा बाट यो अभियान शुरु हुने उनले वताए । वडा नम्बर २, ३, ४ र ५ वटा बाट शुरु गरेरे बिस्तारै सबै वडामा लागु गर्ने वताए । नगरपालिका ७ वटै शाखाले योजना निर्माण गरि त्यहि अनुसार अगाडी बढने नगरपालिकाले वताएको छ ।
शाखाले बनाएका सुचकहरु अनुसा अनुगमन र कार्यक्रम लागु गर्ने नगरपालिकाको योजना रहेको छ । वडामा अभिमुखिकरण, सुचक संकलन, सुचक निर्धारण सहित बिभिन्न कार्यक्रम गर्ने रहेको बहुक्षेत्रिय पोषण योजना कार्यक्रममा संयोजक नर बहादुर आउजीले वताएका छन् । नगरपालिकामा पोषणको अबस्था हेरेर सुनौला हजार दिनका आमा बच्चा र पछाडी परेका वर्गमा बिशेष लक्षित हुने गरेको बडिमालिका नगरपालिका उपमेयर कबिता बिष्टले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार