शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • इन्सेकको मानवअधिकार बर्ष पुस्तकको बार्षिक समिक्षा गोष्ठी सम्पन्न

इन्सेकको मानवअधिकार बर्ष पुस्तकको बार्षिक समिक्षा गोष्ठी सम्पन्न

  • बुधबार, पुस ९, २०७६
इन्सेकको मानवअधिकार बर्ष पुस्तकको बार्षिक समिक्षा गोष्ठी सम्पन्न

लक्ष्मीराज पाध्याय
बाजुरा ९ पौष — अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बिगत दुई दशक देखी मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशिल रहदै आएको इन्सेक बाजुराको अायाेजनामा बर्ष पुस्तकको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । मानवअधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरु सङकलन गरी अभिलेखी करण गर्ने र सरोकारवालाहरुका बिचमा जानकारी गराइएको छ । इन्सेकले सार्वजनीक समिक्षा र अंग्रेजी क्यालेण्डर अनुसार पहिलो छ महिनामा अर्धबार्षिक र वर्षको अत्यमा वार्षिक समिक्षा गरि सुझाब संकलन गर्ने गरेको छ ।
यस बर्ष बाजुरामा घरेलु हिसांका ६१, लैगिक हिसां ३६, जबरजस्ती करणी १०, बालबिबाह १६, आत्महत्या ८ , बहु बिबाह १ र मानव ओसार पसारमा १ गरि जिल्लामा बिभिन्न घटनाहरुको तथ्याकं सार्बजनिक गरेको छ ।
घरेलु हिंसा र लैङ्गीक हिंसा सम्बन्धिका अधिकाश उजुरीहरु मिलापत्र भएका छन् । घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलाप सम्बन्धि व्यवस्था अनुसार घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथामीकता दिनुपरेको जिल्ला प्रहरी कार्यलयको भनाई छ ।
महिला माथि हुने हिंसाका विषयमा राज्य तथा गैर सरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु संञ्चान गरेको भएपनि हिंसाका घटनाहरुमा कमी आएको देखीदैन । तर केही सरोकारवाला ब्याक्तिहरु र न्यायसम्बन्धि काम गर्ने सस्थाहरुले हिंसा सम्बन्धि जनचेतना पाएको कारणले हिंसाका घटनाहरुको संख्यामा बृद्धि भएको दाबी गरेको इन्सेकले सार्बजनिक गरेको रिर्पोटमा उल्लेख गरिएको छ ।
जिल्लामा गरिएको समिक्षा कार्यक्रमका सहभागीहरुले जिल्लामा मानब अधिकारका घटना हुन नदिन हामी सबै उत्तीकै जिम्मेवार हसने भएको हुँदा यस पछि सबैले सचेत हुनुपर्नेमा जोड दिएका छन् । समिक्षा कार्यक्रममा जिल्लामा भएका बिभिन्न घटनालाई औल्याउदै मानव तस्कर आत्महत्याको घटना र लैगिंक हिसाका घटनाहरुलाइ ईन्सेकको मानब अधिकार बर्ष पुस्तकमा समाबेश गरिनुपर्नेमा जोड दिएका छन।
महिला माथि हुने हिंसा नियन्त्रणका लागी राज्य तथा अन्य सरोकारवाला सर्बै निकायको ध्यान जानु जरुरी छ । कानूनी छिद्रलाई प्रयोग गरी पीडकलाई उन्मूक्ती दिने कार्य रोक्न नसकिए हिंसाका घटनामा कमी आउन गै स सका केन्द्रीय सदस्य काशी बिकले बताए ।
कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा लामो समय भईसक्दा पनि डक्टर विहीन छ । नागरिकले सामान्य उपचारको लागी महंगो खर्च गरेर उपचार गर्नु पर्ने बाध्यता भएको रिपोट पछि यसमा सबैले समयमा सोच्नुपर्ने आबस्यक रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताए । हालसम्म कोल्टी प्राथमिक केन्द्रमा एक जना पनी डाक्टर नबस्नु र नआउनु बाजुराका उत्तरी क्षेत्रका ४ स्एथानीय तहका साथै छिमेकी जिल्ला हुम्ला र मुगुका मान्छेको स्वास्थ्य सम्बन्धीको अधिकार हनन भएको डाक्टर बिश्वकर्माले बताएका छन् । नेपाल सरकारले गत बर्ष आकस्मीक प्रसुती सेवा संचालनको लागि दिएको बिस लाख काम नगरी फ्रीज गरीयो भने यस बर्ष त्यसी शीर्षकमा तिस लाख रकम आए पनि काम शुरु नहुँदा पाँच महिनामा पाँच जना सुत्केरीले ज्यान गुमाउनका साथै स्वास्थ्य सेवाबाट बन्चीत बन्नु परेको अबस्थालाई जिल्ला स्थित सरोकार वाला निकायको ध्यान जानुपर्ने कार्यक्रममा सहभागी नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष प्रकाश सिहंले बताएका छन् ।
सदरमुका मार्तडीमा खाने पानि अभाबले होटेलहरुमा नहरको फोहोर पानि खुवाउँनु पर्ने बाध्यता रहेको कुरा होटल ब्यवसायी बताउँछन्। सदरमुकाम मार्तडीको बिद्युत अनियमितताले सेवा ग्राही र नागरिकलाई सेवा प्रभाहमा समस्या भएकोले यसलाई इन्सेको बर्ष पुस्तकमा समेटीनुपर्ने पत्रकार निमेन्द्र शाहीले बताएका थिए ।
बडिमालिका नगरपालिको हलमा संचालन गरिएको कार्यक्रमको सहजीकरण इन्सेक बाजुराका जिल्ला प्रतिनिधी पदम सिहंले गरेको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल रहेका थिए । कार्यक्रममा बिषिस्ठ अतिथि प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने नेकपा नेता अमर खड्का लगायत बिभिन्न पाटिका प्रतिनिधी , जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख प्रतिनिधी पत्रकार नागरिक समाजका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार