बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • शिकार खेल्न गएको बेला दाइले बोकेको बन्दुक पट्केर भाई गम्भिर घाइते

शिकार खेल्न गएको बेला दाइले बोकेको बन्दुक पट्केर भाई गम्भिर घाइते

हिउँमा प्रहरी गस्ती, चोरि शिकार बढदो

  • मङ्लबार, पुस ८, २०७६
शिकार खेल्न गएको बेला दाइले बोकेको बन्दुक पट्केर भाई गम्भिर घाइते

शिकार खेल्न गएको बेला बन्दुक पट्केर एकजना घाइते भएका छन् । बुढिन्नदा नगरपालिका ८ बस्ने ३० बर्षका सुरेन्द्र गिरी घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिं भाटले वताएका छन् ।
सोमबार साँझ वडा नम्बर ८ र ९ पाण्डुसेनको बिच सिल्के लेखमा जंगलमा शिकार खेल्न गएको बेला दाई नरेन्द्र गिरी बोकेको भरुवा बन्दुक पटकिदा उनको भाइ सुरेन्द्र गिरी बाँया कोखमा गोलि लागेर घाइते भएको प्रहरीले जनाएको छ । नरेन्द्र गिरी हिउँमा चिफलिएर बन्दुक पटकेको प्रहरीको प्रराम्भिक अनुसन्धान बाट जनाएको छ । घाइते सुरेन्द्र गिरीलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको थियो, गोलि भित्रै रहेकाले अछामको बयलगडा अस्पतालमा रिफर गरेको प्रहरी प्रमुख भाटले वताएका छन् ।
नरेन्द्र गिरीलाई प्रक्राउ गरि उनले जंगलमा लुकाइ राखेको एकनाल भरुवा बन्दुक समेत बरामत गरेर छानबिन शुरु गरेको प्रहरीले वताएको छ । प्रारम्भिक अध्यन बाट हिउँमा चिफ्लिएर गोलि लागेको हुन सक्ने रहेको छ, थप अनुसधान भइरहेको प्रहरीले जनाएको छ । उक्क्त क्षेत्र र गाँउमा भरुवा बन्दुक अरु पनि रहेको हुन सक्ने भन्दै प्रहरीले खोजीतलास गरिरहेको जनाएको छ ।
हिमाली भेगमा हिमँपातको समयमा चोरि शिकारी हुने गरेको छ । हिमँपात भएपछि तल्लो भेगमा बन्यजन्तु झर्ने, चिसोमा बढि मात्रामा बन्यजन्तुलाइ बन्दुक, पासो र कुकुरको प्रयोग गरेर मार्न गरेको पाईएको छ । शिकार गर्न हिमँपातका बेला सजिलो हुने भएको र चोरी शिकारी हुने गुनासो आएपछि प्रहरीले हिमाली क्षेत्रमा गस्ति बढाएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराले बडिमालिका, बुढिन्नदा, दहकोट, मनाकोट र हिमाली गाँउपालिका हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको छ । बन्यजन्तुको सम्भाबित बासस्थान र चोरी शिकारी हुने क्षेत्रमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख डिएसपि उद्धब सिं भाटले वताएका छन् । चोरि शिकारी हुन सक्ने सम्भाबना र अर्को जोखिममा परेको बन्यजन्तुको उद्धारका लागि प्रहरीको गस्ती बढाएको उनले वताए ।
लेकाली भेगमा हिमपात भए संगै चिसो बढेपछि जंगली जनावर र पंक्षीको चोरी शिकार तिव्ररुपमा हुन थालेको छ । हिउंमा फसेका मृग लगायत जनावर र चिसोले औल तिर झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले हिमपात पछि हिमाली क्षेत्रका बासिन्दाहरु हुल बांधेर शिकार खेल्न जाने गर्दछन । धेरै जसो गाविसमा बन्दुक, भाला, हंसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुर सहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डांफे, कालिज लगायत पंछिहरुको समुहमा शिकार गर्ने गरेका छन ।
बझाङ जिल्लाको हिमाली क्षेत्र कांडा, सुर्मा, दौलिचौर, रिलु, दहवगर, लेकगाउ, मेलविसौना, कैलास लगायतका गाविसको वनक्षेत्रमा चोरी सिकार बढी हुने गरको बताइन्छ । राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षी तथा बन्य जन्तुको शिकार गर्नेलाई ५ बर्ष देखी १५ वर्ष सम्म कैद र नगद ५० हजार देखी १ लाख सम्म जरीवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार