शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘उठाएर सडकबाट’ बोलको बाल गीत बजारमा

‘उठाएर सडकबाट’ बोलको बाल गीत बजारमा

  • मङ्लबार, पुस ८, २०७६
‘उठाएर सडकबाट’ बोलको बाल गीत बजारमा

रमित विक
बाजुरा ८ पौष — गौमुल गाउँपालिका–१ अम्लिसका आठ बर्षीय बाल गायक ईश्वर रोकायाको ‘उठाएर सडकबाट’ बोलको बाल गीत बजारमा आएको छ । उमेरले जम्मा आठ बर्षको पुगेको ईश्वरले बाल गीत एकाएक बजारमा ल्याएका हुन् ।
यस अघि कुनै पनि ठाउँमा नाम नसुनिएका उनले एकाएक बजारमा गीत ल्याएको उनका दाई सुरेश रोकायाले बताउनुभएको छ । सानैदेखि गीत गाउन रुची उनको रहेको उहाँले बताउनुभएको छ । गीत गुनगुनाउने सानै देखिको रहर भएपनि आर्थिक अभावका कारण उनीमा भएको सृजना दबिएको छ ।
राजधानी काठमाण्डौंको किर्तिपूरमा दाई सुरेश रोकाया संग बस्दै आएका घरकै कान्छो छोरा ईश्वर अम्लिस मावि अम्लिस कक्षा–४ मा पढ्दै आएका छन ।
पुनम रेकर्डिङ्ग स्टुडियोको सहयोगमा बाल गायक रोकायाले गाएको आधुनिक बाल गीत सार्वजनिक भएको छ । निर्दोष जीवनको लय र महेश विक्रम पाण्डेको शब्द संगीत रहेको गीतको बिष्णु सुनारले छायाकंन गरेका छन भने अडियो र भिडियोलाई पुनम अडियो भिडियो सोलुसनले बजार ब्यस्थापन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार