शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘दि कर्मा’को गीत ‘बजार लाग्या छ’: नीता र करणको नृत्य

‘दि कर्मा’को गीत ‘बजार लाग्या छ’: नीता र करणको नृत्य

  • शनिबार, पुस ५, २०७६
‘दि कर्मा’को गीत ‘बजार लाग्या छ’: नीता र करणको नृत्य

काठमाडौं । फिल्म ‘दि कर्मा’ को पहिलो गीत ‘बजार लाग्या छ’ सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री नीता ढुंगाना र अभिनेता करण वर्माको दमदार नृत्य देख्न सकिन्छ । भिडियोमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र बुद्दी तामाङ्ग पनि देखिएका छन् ।

कोशिस क्षत्रीको शब्द तथा संगीत रहेको गीत मनिषामा पोखरेलको स्वर छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।   देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । कोशिश क्षेत्री, मानस थापा र अंकितबाबु अधिकारीको संगीत रहेको ‘दि कर्मा’ को कथा निर्माता जयराज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रुपमा फिल्ममा रहेका छन् ।

फिल्ममा करण, नीता, परमिता, बुद्दिसँगै देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । ‘दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाको बिषयमा बनेको चलचित्र भएको निर्माता जयराज रायले बताए ।

चर्चामा

सम्बन्धित समाचार