शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘शुभ मंगल’मा सुरविना

‘शुभ मंगल’मा सुरविना

  • बुधबार, पुस २, २०७६
‘शुभ मंगल’मा सुरविना

काठमाडौं । केही फिल्म अभिनय गरेपनि खासै चर्चा पाउन नसकेकी अभिनेत्री सुरविना कार्कीको अभिनय ‘शुभ मंगल’मा पनि रहने भएको छ । प्रेमकथाको बिषयमा निर्माण हुने यो फिल्ममा उनले अभिनेता कुशल थापासँग रोमान्स गर्नेछिन् ।

मनोज अधिकारीको निर्देशन रहने फिल्ममा कुशल थापा, सुरविना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डे लगायतको अभिनय रहने भएको छ ।

देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिए । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम र सम्बन्धका बिभिन्न पाटो फिल्मको कथा बनाइएको निर्देशक अधिकारी जानकारी गराए ।

चर्चामा

सम्बन्धित समाचार