शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • एसइई परीक्षा ६ चैतदेखि सुरु हुने

एसइई परीक्षा ६ चैतदेखि सुरु हुने

  • मङ्लबार, पुस १, २०७६
एसइई परीक्षा ६ चैतदेखि सुरु हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० आगामी ६ चैतदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेको बैठकले एसइई परीक्षा आगामी ६ देखि १७ चैतसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको एसइईमा नियमिततर्फ करिव चार लाख हुने बताए । परीक्षा फारम भर्ने समय ९ पुससम्म रहेकाले एक्जाम्टेडतर्फका विद्यार्थीसहित करिव पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान रहेको उनले जानकारी दिए । एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले सुरुको दिन अनिवार्य अंग्रेजी विषय रहेको र प्राविधिकसहित १७ चैतमा सबै विषयको परीक्षा सकिने बताए ।

चर्चामा

सम्बन्धित समाचार