शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सेलिब्रेटी
  • ‘मिस वर्ल्डमा किन जितिएन भनेर विचार गरिरहेकी छु

‘मिस वर्ल्डमा किन जितिएन भनेर विचार गरिरहेकी छु

  • आइतवार, मंसिर २९, २०७६
‘मिस वर्ल्डमा किन जितिएन भनेर विचार गरिरहेकी छु

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले मिस वर्ल्डमा ब्यूटी विथ पर्पस र मल्टीमिडियाको उपाधि हाँसिल गरेकी छिन् ।

शनिबार लण्डनमा आयोजित मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी श्रेष्ठ उत्कृष्ट १२ सम्म त पुग्न सफल भएकी थिइन् तर अन्तिम ५ मा स्थान बनाउन सकिनन् ।

कार्यक्रम समापन भएसँगै अनुष्काले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा एक भिडियो सन्देश राखेकी छिन् जसमा उनले मिस वर्ल्ड प्रतियोगितामा ब्यूटी विथ पर्पोस र मल्टीमिडिया अवार्ड जित्न सफल भएकोमा सबैलाई बधाई दिएकी छिन् ।

उक्त भिडियोमा उनले भनेकी छिन्, ‘यसपाली पनि किन मिस वर्ल्डको उपाधि जित्न सकिएन त अनुष्का भनेर धेरैले मलाई सोध्न चाहनुहुन्छ होला तर किन जितिएन भनेर विचार खोजिरहेकी छु । तर अहिलेको लागि म ‘के छैन’ होइन, ‘के पायौं’ भन्ने कुरामा केन्द्रीत हुन चाहन्छु ।’

‘हाम्रो प्रोजेक्ट मिस वर्ल्डको कार्यक्रमभरी नै चर्चित भयो । हाम्रो भिजन र दीर्घकालीन योजनाको अत्यधिक वाहवाही भयो,’ उनले थपिन् । ‘म नेपाल फर्किन आतुर छु, काम सुचारु गर्न मलाई हतार भइसक्यो ।’

सुरुमा आफूले केही समयका लागि ब्रेक लिने र त्यसपछि विभिन्न अन्तर्वार्ताहरु दिने बताएकी छिन् ।

गत वर्षको मिस वर्ल्डमा पनि श्रृङ्खला खतिवडाले यी दुबै टाइटल जितेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार