बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • ‘मेरो जस्तो छाला भएकालाई कहिल्यै सुन्दर मानिदैन

‘मेरो जस्तो छाला भएकालाई कहिल्यै सुन्दर मानिदैन

  • मङ्लबार, मंसिर २४, २०७६
‘मेरो जस्तो छाला भएकालाई कहिल्यै सुन्दर मानिदैन

एजेन्सी । स्वीमसुटदेखि इभिनिङ गाउनजस्ता चरण पार गर्दै मिस साउथ अफ्रिका जोजीबिनी तुन्जी मिस युनिभर्सको अन्तिम चरणमा प्रवेश गरिन् । र, अन्तिममा उनलाई आफू किन मिस युनिभर्सका लागि सही छनौट हो भनेर व्याख्या अन्तिम मौका दिइयो ।

‘म यस्तो विश्वमा हुर्किएँ जहाँ म जस्तो देखिने, मेरो जस्तो छाला र कपाल भएको महिलालाई कहिल्यै सुन्दर मानिएन,’ उनले अन्तिम प्रश्नको जवाफ दिँदै भनिन्, ‘मलाई लाग्छ आज यो अन्त्य हुने समय भएको छ । म चाहन्छु स–साना बालबालिकाहरुले मलाई हेरुन्, मेरो अनुहारलाई हेरुन् अनि उनीहरुको अनुहारको प्रतिबिम्ब मेरो मुहारमा पाउन् ।’ उत्तरसँगै उनले मिस युनिभर्सको उपाधि जितिन् ।

चर्चामा

सम्बन्धित समाचार