शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका मुक्तकहरु.. गाैमुल गाउपालिका बाजुरा

कलक राेकाया सानुका मुक्तकहरु.. गाैमुल गाउपालिका बाजुरा

  • सोमवार, मंसिर २३, २०७६
कलक राेकाया सानुका मुक्तकहरु.. गाैमुल गाउपालिका बाजुरा

१.
अाल्लाे भागाे उनका काेटहरु छन यहाँ ,
मनै भित्र गासिएका चाेटहरु छन यहाँ ।
कृषि पशुपालन नमुना बनाउदै गाैमुलमा,
काेदाे फापर स्याउ सुन्तला सिमिका बाेटहरु छन यहाँ ।
२.
स्कुल बाट अाए पछि काैडी खेलाैला,
गाैमुलका उनाकुना अझै दाैडी खेलाैला।
हिडेर दहकाेट मानाकाेट बाट रमाउदै,
सलल बग्ने गाैमुलकाे घटमुनामा पाैडी खेलाैला,
३.
खान पनि कति मिठाे सुन्तलाकाे दाना,
लटरम्म फलेकाछन ठुला अनि साना।
डाेकाे भरे बारी पहेलै मिठाे रस सुस्दै,
सुन्तलाले पेट भरेसि मन पर्दैन खाना।
४.
चड्नु पर्छ गाडीकाे भर अाउन सक्नु हुन्छ,
गाैमुलाकाे सालीकाेट घर अाउन सक्नु हुन्छ।
सुदुर पश्चिम प्रदेशकाे पहाडी जिल्ला बाजुरा,
सदरमुखकाम देखि १५ कि.मि.पर अाउन सक्नु हुन्छ।
५.
जुट्नु पर्छ जनता अब सारा,
पाए घरघरमा बिजुली र धारा।
सब्य शान्त गाैमुल बनाउ अब,
नेता देखि जन्ताले नगराै भाईमारा।

कलक राेकाया सानु
गाैमुल गाउपालिका
वडा नं.६ सालिकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार