शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • पुर्व उपप्रधानमन्त्री रावलद्वारा सुदुरपश्चिम महोत्सव २०७६ को भव्य उद्घाटन

पुर्व उपप्रधानमन्त्री रावलद्वारा सुदुरपश्चिम महोत्सव २०७६ को भव्य उद्घाटन

  • आइतवार, मंसिर २२, २०७६
पुर्व उपप्रधानमन्त्री रावलद्वारा सुदुरपश्चिम महोत्सव २०७६ को भव्य उद्घाटन

पुर्व उपप्रधानमन्त्री  तथा नेकपा स्थायी कमिटी सदस्य भिम रावलले सुदुरपश्चिम महोत्सव २०७६ को १४ अौ संस्करण उद्घाटन गरेका छन् ।

महोत्सवको प्रमुख अतिथि रहेका नेता रावललाई कैलाली उद्योग वार्णिज्य संघले ७ किलोको माला लगाई ७ माग राखेका छन् ।कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुने सुदुरपश्चिम महोत्सवमा प्रभातफेरी निकालिएको छ। धनगढी चौराहदेखि संघीय प्रहरी ईकाई कार्यालयको मैदानसम्म प्रभातफेरी गरिएको हो। विभिन्न सांस्कृतिक प्रस्तुती सहित प्रभातफेरी गरिएको हो।

धनगढीमा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवमा नेपाल टेलिकमले निःशुल्क सीम कार्ड वितरण गर्ने भएको छ। दुर सञ्चार कार्यालय धनगढीले हालै सुदूरपश्चिममा विस्तार गरिएको फोर जी सेवाको प्रवद्र्धन गर्न महोत्सवमा निःशुल्क सीम कार्ड वितरण गरिने जनाएको छ।

दुर सञ्चार कार्यालयका प्रमुख सुरज मल्लले छिटोछरिता इनटरनेटका लागि एफटीटीएस (फाईबर)सेवा र फोर जी सेवा अतिआवश्यक रहेकाले निःशुल्क सीमा कार्ड गरिन लागेको जानकारी दिए।

उनले नेपाली नागरिकताको प्रतिलिपीको फोटोकपी तथा नागरिकता नम्बर खुल्ने कागजात बुझाएर सीम कार्ड लैजान सक्ने बताए।

चर्चामा

सम्बन्धित समाचार